विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

क्रियाशिल सदस्यता जथाभावी बितरण गरिएको भन्दै कांग्रेस बाराका एक साता देखि धारणामा

सिम्रौन्गढ़ नपा psa

काठमाडौं । 

नेपाली कांग्रेसको हुन लागेको १४औ महाधिवेशनको तयारीमा रहेको क्रममा क्रियाशील क्रियाशिल सदस्यता जथाभावी बितरण गरिएको भन्दै कांग्रेस बाराका नेता कार्यकर्ता एक साता देखी काठमाडौं धर्नामा बसेका छन। नया सक्रिय सक्रिय सदस्यता खारेज नगरे नेपाली काङ्ग्रेसको आसन्न १४औ महाधिवेशन हुन् नदिने केन्द्रिय क्रियाशिल छानबिन समितीले  न्याय नदिए जस्तो सुकै बिरोधमा उर्तिन बाध्य हुने बारा २ बाट  महाधिवेशन प्रतिनिधि एवम नेबिसघका निबर्तमान सहमहामन्त्री राजेश रौनियारले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्लामा ४४ वडा सभापति मध्ये समायोजन गरि १८ वडा सभापति भए पश्चात, १३ जना वडा सभापति लाई क्रियाशिल सदस्यताको फारम समेत उपलब्ध नगराई सदस्यता केन्द्रमा पठाएको भन्दै उनीहरु कडा संर्घषको चेतावनी दिएका छन्। नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नवीकरण गर्न फारम नदिएको भन्दै पार्टी लाई हुकुमी शैलीमा चलाउन खोजेको बुथ सभापतिहरुले आरोप लगाएका छन्।

नेपाली काँग्रेसको विधान अनुसार केन्द्रबाट आएको सदस्यता फारमहरु लाई जिल्ला पार्टी सभापति बाट बुझेर क्षेत्रीय सभापतिले वडा सभापतिहरु लाई जिम्मा लगाउनु पर्ने र वडा समिति बाट निर्णय भएर आएकाहरुको सदस्यता थप्नुपर्ने वा नवीकरण गर्नुपर्ने नियम भए पनि क्षेत्र नम्बर २मा नभएको वडाका सभापतिहरु तथा नेपालि कांग्रेसका अन्य नेताहरुले काठमाडौं धर्नामा बसेका छन।  बाराको क्षेत्र नं. २ का १३ वडाका वडा सभापतिहरु लाई बिना जानकारी क्रियाशिल सदस्यता एकैचोटी थपिए पछि सम्पुर्ण वडा सभापतिहरु विरोधमा उत्रिएका छन्।

धर्नामा सहभागी नेता तथा कार्यकर्ताले  क्रियाशील छानविन समिति जिम्मेवार नभएको आरोप लगाएका छन। सदस्यता बितरणमा लापरबाही  भएको र  तत्काल सच्याउनु पर्ने उनीहरुको माग छ। धर्नामा काङ्ग्रेस नेता  राम अयोध्या यादव, लालबाबु सिंह, महागढिमाइ नपा का मेयर उपेन्द्र यादव, किशोरी यादव लगायत वडा सभापतिहरु सहभागी छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed