विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विश्वासको मत पाए संगै देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा बधाई

सिम्रौन्गढ़ नपा psa

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति बधाई दिएका छन्। संसदमा विश्वासको मत प्राप्त गर्ने वित्तिकै मोदीले ट्वीटरमार्फद देउवालाई बधाई दिएका हुन्। प्रधानमन्त्री नियुक्त भए लगत्तै मोदीले बधाई नदिंदा अनेक टिकाटिप्पणी भइरहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हिजो आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् । राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् । नेकपा एमाले केपी ओलीका चार सांसद भने देउवाको पक्षमा मतदान गरेका छन् ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed