विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हाम्रो मांग जसले पुरा गर्छ उसै लाइ मत दिए अरु कुराको बारे म सोच्दिन : अध्यक्ष ठाकुर

सिम्रौन्गढ़ नपा psa

काठमाडौं ।

हाम्रो मांग जसले पुरा गर्छ उसै लाइ मत दिने भन्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको छ। अरु जनाले के सोच्छ भन्ने बारेमा कुनै सरोकार नरहेको ठाकुरले बताए। देउवाले सबै दलसँग विश्वासको मत माग्ने क्रममा विभाजित जसपाका ठाकुर पक्षलाई पनि देउवाले विश्वासको मत माग्दै पत्र पठाएका थिए। पत्र आउनासाथ ठाकुर पक्षको बैठक बसेर विश्वासको मत दिने निर्णय गरेको जसपा नेता राजिव झाले बताए। ‘

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उहाँले हाम्रो मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ। संसदमा बोल्दा पनि यसबारे बोल्छु भन्ने भएकाले विश्वासको मत दिने निर्णय गरेका थिए। विश्वासको मत दिने बारेमा जसपाका केहि असन्तुस्ट भनिएका सांसदहरु लाइ थाहा नभएकाले ठाकुरलाई छोडेको हल्ला भएको बताए। ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि अब जसपाका ३२ सांसदकै मत देउवाले पाएका छन्।

ठाकुर पक्षले संसद् विघटनको निर्णय गरेका ओलीलाई साथ दिदा पनि आफ्नो मुद्दा सम्बोधनलाई आधार बनाएका थिए। तर ओलीलाई साथ दिने निर्णयबाटै जसपा विभाजित भयो। ठाकुर पक्षसँग २० सांसद उभिएका थिए। तर संसद् पुनर्स्थापना भएर देउवा प्रधानमन्त्री नियुक्त भएपछि जसपाभित्रको समीकरण बदलियो। ठाकुर तर्फबाट पाँच सांसदले कित्ता परिवर्तन गर्न यादवतर्फ सांसद् संख्या १७ पुगेको र स्रोतका अनुसार ठाकुर पक्षलाई अझै सांसदले छोड्ने तयारी बारे हल्ला मात्र रहेको चर्चा गरेको उनको भनाइ रहेको जसपा नेता झाले बताए।

काँग्रेससँग ६१, नेकपा माओवादी केन्द्रसँग ४९, जसपासँग ३२ र राष्ट्रिय जनमोर्चासँग एक सांसद थियो। तर एमाले सरकारको विकल्प खोज्न ठाकुर पक्ष तयार नभएपछि ३० वैशाखमा ओली नै संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री बने । फेरि पनि एमाले विभाजित अवस्थामा रहेकाले ओलीले विश्वासको मत पाउने अवस्था थिएन। तर बहुमत पनि पुर्याउने र सत्ता पनि नछोड्ने ओलीले संसद् विघटनको निर्णय गरे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed