विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्ने पुर्व प्र.म. भटराई माथि कार्यवाहीको मांग

सिम्रौन्गढ़ नपा psa

हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्ने पुर्व प्र.म. भटराई माथि कार्यवाहीको मांग

बीरगंज, पर्सा ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्ने पुर्व प्र.म. डा. बाबुराम भट्टराई माथि नेपाल विश्व हिन्दु महासंघले कार्यवाहीको मांग गीरेका छन्। हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्ने पुर्व प्र.म. डा. भट्टराई लाई कार्यवाही नगरेर नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति ।

Karaiya Mai Notice Winter

उपरोक्त सम्बन्धमा मिति २०७८ श्रावण ६ गते बुधबार का दिन नेपालका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई द्वारा ट्विटर को माध्यमबाट वैदिक सनातन हिन्दु धर्म र संस्कृति लाई लक्षित गरि अत्यन्त अभद्र र आपत्तिजनक टिप्पणी गरेको प्रति नेपाल विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति आत्मसात गरेका छौं।

बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुको आस्था माथि खेलवाड गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका व्यक्तिले गरेका यस्ता आपत्तिजनक, घृणित र अभद्र टिप्पणी बारे नेपाल विश्व हिन्दु महासंघ कडा शब्दमा निन्दा तथा भत्सर्ना गरेको छ। विदेशी मिसिनरी शक्तिहरु द्वारा संचालित व्यक्ति तथा संगठनहरुले पटक पटक हिन्दु धर्मावलम्बीहरुको आस्था संग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रमहरु बाट उजागर भएको कुरा सर्वविदितै छ, त्यस्ता असामाजिक तत्वहरु लाई कानुनी कार्यवाही हुन नसक्दा उनीहरुको दुष्टता र मनोबल झनै बढीको देखिन्छ।

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई कि पत्नी पुर्व मन्त्री हिसिला यमि, पुर्व मन्त्री मो. इस्तियाक राई त्यसै गरि राजनीति विश्लेषक सि.के. लाल जस्ता विभिन्न पात्रहरू द्वारा पटक पटक वैदिक सनातन हिन्दु धर्म र संस्कृति लाई लक्षित गरि आपत्तिजनक र अभद्र टीका टिप्पणी हुने गरेको पाइएको छ। तसर्थ वैदिक सनातन हिन्दु धर्म र संस्कृति प्रति यस्ता आपत्तिजनक तथा अभद्र टिप्पणी गर्ने व्यक्तिहरु लाई यथाशीघ्र कानुनी दायरा भित्र ल्याइ कडा भन्दा कडा कार्यवाही गर्न सम्बन्धित निकाय समक्ष नेपाल विश्व हिन्दु महासंघ जोडदार माग गरेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed