विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुर्व प्र. म. डा. भटराई हिन्दु बिरोधि भएको चौक चौकमा पुतला दहन

सिम्रौन्गढ़ नपा psa

पुर्व प्र. म. डा. भटराई हिन्दु बिरोधि भएको चौक चौकमा पुतला दहन

कलैया, बारा।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पुर्व प्र.म. डा. बाबुराम भट्टराईले ट्वीटरमा हिन्दु बिरोधि, हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गरेकोमा देशैभरी चौक चौकमा भटराईको पुतला दहन भईरहेको छ। भटराईले आफु हिन्दु भएर पनि हिन्दुहरुको धार्मिक आस्था माथि ठेस पुग्ने अभिव्यक्तिले उहाको शैक्षिकता माथि पनि प्रश्न उठ्न थालेको समेत सर्वसाधारण औल्याई रहेका छन्।

सोहि अनुसार नेपाल विश्व हिन्दु महासंघ द्वारा बारा जिल्लाको कलैया स्थित भरत चौकमा चर्को नाराबाजी गर्दै विरोध स्वरूप  डा. भट्टराईको पुतला दहन गरिएको छ। महासंघ बाराका कलैया उपमहानगरपालिका -२३का इकाई अध्यक्ष ई. सुरेन्द्र शर्माको अध्यक्षता तथा पर्सा जिल्ला उपाध्यक्ष सन्दीप साहको प्रमुख आतिथ्यतामा सम्पन्न विरोध कार्यक्रममा आएका युवाहरूको जमातले, “भारु राम मुर्दाबाद, हिन्दु एकता जिन्दाबाद”… “हामी सम्पूर्ण हिन्दुवादीहरु के भन्छौं , बाबुराम भट्टराई लाई ठोक भन्छौं”… “गल्ली-गल्लीमा हल्ला होस् त बाबुराम कृश्चियनहरुको दल्ला होस्”… उपरोक्त नाराबाजी गर्दै महासंघका आक्रोशित युवाहरूले एका बिहानी विरोध प्रदर्शन गरेका थिए।

Karaiya Mai Notice Winter

 हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्ने पुर्व प्र.म. डा. भट्टराई लाई कार्यवाही नगरेर नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति माथि ठुलो सांघातिक प्रहार भएर देशमा संकट निम्त्याउन सक्ने खतरा रहेको पनि संघले पुतला दहन गरि सरकार लाइ सचेत समेत गराई रहेका छन्।

 

उक्त विरोध प्रदर्शन कार्यक्रममा महासंघका वरिष्ठ सल्लाहकार बिनोद ठाकुर , राजकिशोर दास, सिकेन्द्र प्रसाद कुशवाहा, सचिव सागर गुप्ता, सदस्यहरु बाला ठाकुर लोहार, रुपेश कुशवाहा, बृजकिशोर पटेल, राजकिशोर दास, छोटेलाल 

प्रसाद, शिव कुमार गुप्ता, रबिन्द्र कुशुवाहा, नागेन्द्र पटेल, रमेश प्रसाद साह, जङ्गिलाल साह कानु, ललन राम, प्रमोद साह, उमेश साह कानु, राम प्रसाद साह कानु, बिनय पटेल, शिवशंकर साह कानु, सुरेन्द्र पटेल, दिनेश सिंह, धिरज साह, नन्दकिशोर लगायतका आक्रोशित युवाहरूको बृहत उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed