
वीरगञ्ज, पर्सा।
वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभागको सामुदायिक वन दिवस २०७८ को अवसरमा आयोजना गरिएको एक कार्यक्रममा पर्सा जिल्लाको सबैया साझेदारी वन व्यवस्थापन समुहले नेपालको साझेदारी वनहरुमा सर्वोउत्कृष्ट स्थान हासिल गरेको छ। सामुदायिक वन दिवस २०७८ को अवसरमा गणेशमान सिंह समुदायिक बन राष्ट्रिय पुरस्कार बाट सबैया साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष लखन लाल साह कानु लाई नगद ५५०००/- (पचपन हजार) र सम्मान पत्र प्रदान गरिएको छ।




सो अवसरमा डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत फरमान मियाँ लाई पनि सम्मान पत्र प्रदान गरिएको छ। सबैया साझेदारी वन व्यवस्थापन समुहले आ .ब. २०७४/०७५ मा डिभिजन वन कार्यालयका रेन्जर रेयाज अहमद अंसारी को नेतृत्वमा जंगल को अतिक्रमित जग्गा हटाईएको र सो जग्गामा तारवार गरि वृक्षारोपण गरि उक्त जग्गा जंगलमा परिणत गरीएको छ। सो कार्यक्रमका साथ साथै फलफूलका बिरुवाहरु पनि जंगलमा लगाईएको छ र साझेदारी अन्तर्गतका उपभोक्ताहरु लाई फलफूलका बिरुवाहरु वितरण गरिएको छ।
उपरोक्त कार्यले काठ दाउरा बिक्री वितरण गर्न पाएकोमा उपभोक्ताहरुले सहजै रुपमा सेवा लिन सकेको छ। सबैया साझेदारी वन समुहले समुदाय स्तरमा बिभिन्न किसिमका तालिम गोष्ठीहरु गरेर समाजमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ। त्यसैले गणेशमान सिंह राष्ट्रिय पुरस्कार बाट पर्सा जिल्लाको सबैया वन व्यवस्थापन समुह लाई पुरस्कार प्रदान गरिएको डिभिजन वन कार्यालय पर्साका अधिकृत एवं सबैया साझेदारी वन व्यवस्थापन समुहका सदस्य सचिव रेयाज अहमद अंसारीले बताए।






gpfqwo
fmmp8t
bgpz0e
sb7dlk
zhj3zy
ataaBwTjFkheNPpL