CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सर्वसाधारण मास्क नलगाए शुल्क जनप्रतिनिधि लाइ छुट ?  मेयर यादव बाट नै नेपाल मास्क अभियानको धज्जी

फेटा GP PSA
402
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा

दिनानुदिन कोरोना संक्रमण फैलिरहेको हुँदा देशैभर “तपाईको मास्क खै रु” भन्ने मुल नाराका साथ नेपाल मास्क अभियान जारी रहे पनि बारामा जनप्रतिनिधीहरु बाट नै यसको उलंघन भएको पाईएको छ। लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा र मास्क सही तरिकाले लगाउन नजान्नुको कारण कोरोना संक्रमण फैलिने त्रासका कारण स्वास्थ्य मन्त्रायलले श्रावन २३ गते देखि २९ गते सम्म नेपाल मास्क अभियान जारी राखेको छ। बाराको कलैया उपमहानगरपालिकाको सभा हलमा बुधबार जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा नगरप्रमुख राजेश राय यादवले विना मास्क सहभागी भएका हुन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

 

म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने कुरा बारा जिल्लामा खासै लागु नभएको पाईएको छ। मास्क नलगाएकाहरु बाट प्रहरीले जरिवाना लिने चेतावनी दिएको छ। तर जिल्लाका जिम्मेवार, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल पनि सहि तरिकाले मास्क नलगाई कार्यक्रममा सहभागी भएको र कलैया उपमहानगरपालिकाका मेयर यादव मास्क विना नै सहभागी भएको दृश्य मेयर यादवकै समाजिक सञ्जालमा देखिएको छ ।

यसैगरी मेयर यादव सहभागी अन्य विभिन्न कार्यक्रममा समेत मास्क नलगाएको देखिएको छ। आफै मास्क नलगाई भिडभाडका कार्यक्रममा सहभागी हुने मेयर यादवले आमनागरिक लाई मास्क लगाउन कसरी प्रेरित गर्लान त ? यो चर्चाको विषय बनेको छ। नगर र जिल्लाका जिम्मेवार व्यक्तिले नै मास्क अभियानको धज्जी उडाए पछि आमनागरिकले मास्क अभियानमा आफ्नो सकृयता कसरी देखाउँलान भन्ने सहजै अनुमान गर्न सकिन्छ। मास्क नलगाएका आम नागरिकहरु बाट प्रहरीले १०० रुपैया जरिवाना लिने तर मास्क विना नै विभिन्न कार्यक्रममा सहभागी हुने नगर प्रमुख राजेश राय यादवलाई जरिवाना नतिराउने ? भनि आमनागरिकले प्रश्न गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश