
बारा जस्तै रौतहटमा हावाहुरीका साथ वर्षा सचेत रहन जरुरी प्र.जि.अ थापा।

अमित ठाकुर।रौतहट।चैत २६। बारामा अाएको हावाहुरीका वर्षा जस्तै अाज रौतहटमा पनि अाएका छन।केही दिन पहिला बारा पर्सामा अाएको हावाहुरी र बर्षाले गर्दा मानवीय छति सहित निर्माण भएका घरहरुमा छति पुर्याएका थिए। सो घटना न सेलाउँदै अाज बिहानै तेज गतिमा हावाहुरीका साथ-साथै अषिना र पानी परेका छन। यस्तोमा अाफु र अाफ्ना घर परिवारलाई एकदमै सुरक्षित राख्न र सचेत रहन प्रमुख जिल्ला अधिकारी किरण थापाले आग्रह गरेको छ। अाज बिहानै भएको तेज हावाहुरी र अषिना पानिले गर्दा फलामले बनेको गौर भन्सारको ब्यरियर सहित पसल तथा घरको छानो उडाएर अर्को ठाउँमा फालेका छन्। त्यसतै रौतहटको कति पय ठाउँमा बिधुतको पोल पनि खसेको नेपाल बिधुत प्रधिकरण रौतहटले जनाएका छन्। भने रौतहटको हजमिनीया ,चण्डीया, ब्रहम्पुरी, सहित ठाउँमा अाएको तेज हावाहुरीले लाखौंको छति पुर्याएका छन्। भने अहिले पनि वर्षा भईरहेका र अकाशमा बालद लागेका छन्। यस बारे थप बिवरण अाउन अझ बाकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जनाएको छ।





