विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप आज पाचौ दिन रिले धारणा प्रदर्शन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप आज पाचौ दिन रिले धारणा प्रदर्शन कलैयाको सहिद चौकमा बसेका छन्। हाल हाम्रो देश संघीय लोकतान्त्रीक गणतन्त्रको अभ्यास रत रहेको छ, तर प्रथम चरणमा लुटतन्त्रको उपनाम परेको अवस्था रहेको छ। सोहि कुराको रुप सिम्रौनगढ नगरपालिकाको किर्ते हस्ताक्षर प्रकरणमा परेका दोषिलाई कार्वाहीको माग गर्दै सिम्रौनगढ नपाका नगर प्रमुखका प्रत्यासी तथा जसपाका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको नेतृत्वमा आज पाचौ दिन पनि धारणा प्रदर्शनमा बसेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीका अनुसार नेपालि कांग्रेस सामन्त बादी सोचका भएकाले जहिले पनि सर्वसधारनको अधिकार लाइ खोस्ने बानि रहेको आरोप लगाए। उदाहरण भन्ने हो भने केन्द्र देखि स्थानीय निकाय सम्म उस्तै उस्तै देशको मूलतह तीनटै निकाय आफ्नो कब्जामा गरि सिंगो देशलाइ विश्वको सामु भिखारी बनाउन लागेको समेत आरोप लागाए। कुनै देशको मूल तह कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका हुन्छ। र यो तीन निकायको कार्य एक अर्का संग बाधित नहुनु पर्ने व्यवस्था हुन्छ्। तर हालमा न्यायपालिका लाइ समेत आफ्नो कब्जामा लिएर आफु प्रधान मंत्री बनेको र स्थानीय निकायमा सहयोग गर्न जिल्ला अदालत लाइ पनि आफ्नो कब्जामा पारेर आफु खुशी मनापी कार्य गरि निजि स्वार्थमा लिप्त रहेको पराकाष्टा बिरुद्ध यहा धारणा प्रदर्शन भईरहेको बताए।

आयोजक जैसवालका अनुसार हाम्रो जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय समेत मौन बसेका छ्न र अहिलेको नेपाल सरकार गठ बन्धनको सरकार हो, तैपनि हाम्रो नगर बासीहरुले बिकासको पैसा हिनामिना, पावरको दुरुपयोग गरि किर्ते सहि गर्ने गराउने नगर सभा गर्ने जस्ता कार्य बाट सर्वसाधारण जनता पीडित भएर आतिएका छ्न। स्थानीय सरकारले सर्वसधारणको अधिकार तथा करको चरम दुरुपयोग गरेकोले हाम्रो आन्दोलन तथा धर्ना कार्यक्रमहरु रहेको बताए ।

जसपा बाराका क्षेत्र न.१ का अध्यक्ष तथा कार्यपालिका सदस्य प्रमानन्द मुखियाका अनुसार राष्ट्रिय प्रविधि विज्ञान प्रयोगशाला खुमलटार किर्ते गरेको प्रमानित भई आएको माथी सरकारी वकिलले अदालतमा फाईल पठाई उनीहरु माथी मुद्दा चलाई .देाषीलाई कार्वाही गर्नु पर्ने मांग रहेको। एवं मधेसमा रहेका नेपाली जनताहरुको शान्ति पुर्ण बाच्ने अधिकारबाट बन्चित नगरी यस क्षेत्र बात निर्वाचित सांसदहरुले सांसद भवनमा मुद्दा उठाई दिन समेत मांग रहेको बताए। उक्त बिरोध कार्यक्रममा जसपाका केंद्रिये सदस्य डा. कमारुल्लाह अंसारी, रामबाबु यादव, क्षेत्र न.१ का बरिष्ट वडाध्यक्ष प्रमानन्द मुखिया, हेमचन्द्र जैसवाल, हरिशंकर प्रशाद यादव, उपाध्यक्ष पन्नालाल प्र. कुशुवाहा, वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव, श्रीनारायण यादव, शिवशंकर जैसवाल, सिकेन्द्र दास, सिकेन्द्र पासवान, शेषनाथ कुशुवाहा, विजय जैसवाल, ध्रमेंद्र कुसुवाहा लगायत सयौको संख्यामा सहभागी रहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed