विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगञ्जको सत्यमले गर्यो प्रदेश मै सर्वोत्कृष्ट, मुश्लिम छात्रा सहनाज भईन प्रदेश टप

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा।

पर्साको वीरगञ्जमा सँचालित सत्यम् पब्लिक काँलेजले प्रदेश नं. २ मै सवोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।कक्षा १२ मा शत प्रतिशत रिजल्ट हासिल गरि पर्साको नाम उज्जवल गर्न सफल भएको छ। राष्ट्रिय परिक्षा बोर्डले वि.सं. २०७७ सालमा सँचालन गरेको कक्षा १२ को परिक्षामा व्यवस्थापन सँकायबाट कक्षा १२ को परिक्षा दिइएकी वीरगञ्ज १४ बहुअरी निवासी सहनाज खातुन ३.८६ जि.पि.ए. ल्याई प्रदेश मै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकि छिन। यस सँगै सत्यम् पब्लिक काँलेजले विगतका वर्षहरु सरह यस वर्ष पनि कक्षा १२ मा आफ्ना सम्पुर्ण विद्यार्थीहरु लाई सतप्रतिसत रिजल्ट ल्याउन सफल भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विगत ४ वर्ष अघि स्थापना भएको सत्यम् पब्लिक काँलेजले पहिलो ब्याचमा नै शिक्षामा पर्सा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो। अत्यन्तै कम समयमा यति धेरै सफल्ता हासिल गर्नमा आफ्ना टिममा सँलग्न शिक्षकहरुको लगनशिलता तथा विद्यार्थीहरुको मेहनतले सफल भएको सत्यम् पब्लिक काँलेजका कार्यकारी निर्देशक अजय यादवले बताउनु भयो ।

आफु मिडिया सँग आवद्ध रहेको हुँदा हुँदै पनि विज्ञापनमा आधारित नभई गुणस्तरीयता लाई बढी प्राथमिकतामा राखेकोले बजारमा कही कतै पनि सत्यमको कुनै व्यानर, पर्चा नटाँसेको तथा प्रचारबाजीमा ध्यान नदिई विद्यार्थीहरुको सुनौलो भाविष्य तथा आवश्यक गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरुको मनोविज्ञान लाई अध्ययन गरी सोही अनुसार अध्यापन गर्ने गरेको कार्यकारी निर्देशक यादवले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed