विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

योजनामा ब्रम्हलुट ठेक्कादार फरार, विधालयको करोडौको नोक्सानी हुने 

सिम्रौन्गढ़ नपा psa

राजिव शाह, सर्लाही ।

प्रदेश नं.२ सरकारबाट सर्लाहीमा संचालित योजनामा ठेकेदारले ब्रम्हमलुट मच्चाएको छ। सर्लाहीको मलंगवा नगरपालिका वडा नं ७ मुसैलीको पोखरीमा संचालित योजनामा ठेकेदार कम्पनीले व्यापक अनियमितता गरि ब्रहम्लुट मच्चाएको देखिएको छ। मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत मलंगवा ७ मुसैलीको पोखरी सौन्दर्यकरण गर्न लगाइएको ठेक्कामा ठेकेदार कम्पनीले अनियमितता गरेको स्थानियले गुनासो गरेका छन् । मलंगवा स्थित मुसैलीमा रहेको श्री बौधी देवी जनता मा.वि को अधिनमा रहेको पोखरी सौन्दर्यकरण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले करिब ६ करोर १२ लाख ९३ हजार मा एम.आर. आर जे कमल जेभि जनकपुरलाई ठेक्का दिएको छ । पोखरी सौन्दर्य करण गर्न ठेकेदार कम्पनीले बनाएको पर्खाल एक महिना नबितदै भत्कीएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

निर्माणमा कमसल सामाग्री प्रयोग गरिएकोले सामान्य पानी पर्दा पर्खाल भत्किएको स्थानीय युवा सुजित यादवले आरोप लगाएका छन । निर्माणमा कमसल सामाग्री प्रयोग गरेर ठेकेदार कम्पनी र प्रविधिकको मिलोमतोमा व्यापक अनियमितता भएको उनको भनाई छ। ठेकेदारले कमसल सामाग्री प्रयोग गरेर गुणस्तरहीन काम गरेकोले ठेकेदार कम्पनी माथि कारवाही हुनुपर्ने स्थानीयको माग छ। सौन्दर्यकरण गरिनुपर्ने पोखरी विधालयको अधिनमा रहेपनि विधालयका प्रअ वा व्यवस्थापन समिति समेतलाई कुनै जानकारी नगराई ठेकेदारले मनपरि गरेका स्थानीयको गुनासो छ ।

Karaiya Mai Notice Winter

ठेकेदारको हेलचक्राई तथा लापरवाहीका कारण मुसैलीबासीको आस्थासंग समेत खेलवाड भईरहेको एक स्थानीयले पिडा पोखे। प्रत्येक वर्ष छठ पर्व मनाउने उक्त पोखरीमा खाल्डा खुल्डी गरि बेवारिसे अवस्थामा छाडेकोले यस पालिको छठ पर्व उक्त पोखरीमा मनाउन समेत वातावरण नरहेको स्थानीय महिलाको गुनासो छ। करिब १० विधामा रहेको उक्त पोखरी सौन्दर्यकरण गर्न २२ सेप्टेम्बर २०२० मा ठेक्का दिइएको थियो। तर करिब १५ महिना भित्र २१ डीसेम्बर २०२१ सम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने ठेकेदार कम्पनीले अहिले सम्म मात्र २० प्रतिसत कार्य सम्पन्न गरेको स्थानीयको भनाई छ। विगत २ महिना देखि निर्माण कार्य समेत ठप्प हुदा ठेकेदार कम्पनी संग बाकी रहेको ३ महिनाको अवधि भित्र निर्माण सम्मपन्न हुने भनि छाटकाट देखिदैन ।

यस अधि विधालयले करिब १ करोड १७ लाखमा माछापालन का निम्ती ५ वर्षका लागि पोखरी ठेक्का लगाएको थियो । करिब २ लाख महिनाको आम्दानी उठाउने विधालयलाई समेत पोखरी कहिले र कुन जमानामा सौन्दर्य करण हुने हो भन्ने पीर परेको छ। यसरी नै ठेकेदारले हेल्चक्राई गरि १५ महिनामा सम्पन्न हुने योजनालाई १५ वर्ष लगायो भने विधालयको करोडौं रुपैयाको नोकसानी हुने आकलन स्थानीयले गरेको छ। योजनामा भएको भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न स्थानीयले अख्तियार अनुसन्धान आयोग क्षेत्रिय कार्यायल बर्दिवासमा समेत उजुरी दर्ता समेत गरिसकेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed