CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किर्ते नगरसभा बारे भगवानपुरमा भण्डाफोर

फेटा GP PSA
649
सिम्रौन्गढ़ नपा psa

सिम्रौनागढ़, बारा।

सिम्रौनगढ नगर पालिकाको किर्ते नगरासभा बारेमा वडा नम्बर ११ भगवानपुर गाउको चौकमा भण्डाफोर कार्यक्रम क्रम सम्पन्न गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको अध्यक्षतामा एवं के.स. डा. कमरुल्लाह अन्सारीको प्रमुख आतिथ्यतामा नगर प्रमुख बारेमा बिरोध तथा भण्डाफोर कार्यक्रममा गरीएको थियो। नगर प्रमुख बारेमा बिरोध तथा भण्डाफोर कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य अंसारीले सिम्रौनगढ नगर प्रमुख लाइ अढाई अरब, भ्रष्टाचारको आरोप लाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नगर प्रमुख विजय शंकर यादवलाई सुझाव स्वरूप नैतिकताको आधारमा सिम्रौनगढ़ वासीको नैसर्गिक अधिकार लाई कुनै बहाना नबनाई वा निजि स्वार्थ पूरा गर्न कुनै किसिमको कार्य गर्न नमिल्ने भएकोले जनताले तिरेको कर वापतको रकम हिनामिना नगरी विकास निर्माण कार्यमा कुनै बाधा व्यवधान खडा नगरी हरेक कार्यमा सहायोगी बन्न लाइ खुल्ला सभामा सुझाव दिएका छन्।

Karaiya Mai Notice Winter

प्रमुख अतिथि डा. अंसारीले भने अब जनता जागरुक भएकोले कुनै वहाना स्वीकार नगरी त्यसको कडा प्रतिकार गर्ने समेत तयार रहेको बताए। आन्दोलनको क्रम जारी नै छ, त्यसैले किर्ते नगरसभा गरेको दिन देखि हामी बिरोधमा छौ र नगर सभा नै किर्ते भयो भने त्यो बेला देखि हाल सम्म गरेको सबै गलत हो भनी यसको बारेमा गाउ गाउको चौकमा भण्डाफोर कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगर समिति द्वारा लगातार जारी रहेको अवगत गराएको जनाएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सिम्रौन गढ नगर कार्य समिति द्वारा नगर प्रमुखले गरेको किर्ते नगर सभा विरुद्ध भणडाफोर कार्यक्रमका अध्यक्ष हेमचन्द्र जयसाल प्रमुख अतिथि डा.कमरुल्लाह अंसारी बिशिस्ट अतिथि तथा नगर कार्यसमिति अध्यक्ष किशोरी साह कलवार  वडा अध्यक्ष राजेश यादव मन्जुर अंसारी लगायत पत्रकार बन्धु र नेता कार्याकर्ताहरुको बाक्लो उपस्थितिमा स्वागत तथा  कार्यक्रम संचालन सियाराम यादवले गरेको थियो

विभिन्न वक्ताहरु क्षेत्र न.१ को ख अध्यक्ष एवं कार्यपालिका सदस्य प्रमानन्द मुखिया, वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव लगायतको धारणा पश्चात प्रमुख अतिथि डा. अन्सारीले नेपालि कांग्रेस माथि आरोप लगाउदै आफ्नो वक्तव्य राख्ने क्रममा प्रमुख अतिथिको आसन बाट भने नेपालि कांग्रेसको धारामा चलेर सिम्रौनागढ़ कुनै हालतमा चलन नसक्ने बताए। नेपालि कांग्रेसले जहानिया राणाशासन आज २१औ सतावादीमा चलाउन खोजे भने नगरमा शान्ति कुनै हालतमा हुन् नसक्ने ठोकुवारे, किन कि कांग्रेसले जनतालाई जहिले पनि शासन र शोषण गर्दै आएकोले अब पनि सहन नसक्ने बताए।

उक्त कार्यक्रममा रामबहादुर पटेल, प्रेमचन्द्र प्रसाद यादव, हेमचन्द्र जैसवाल, मन्जुर अंसारी, रामबाबू कुशवाहा राजकिसोर कुशवाहा,लाल बाबू यादव  लगायत सयौको संख्यामा सहभागिता रहेको थियो। कार्यक्रम संचालन सियाराम प्रशाद यादवले गरेका थिए भने लोसपाका युवा नेता सिकिन्द्र कुशवाहाले स्वागत मन्तव्य राखेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश