विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भरत चौकमा मुख्यमन्त्री राउत विरुद्ध बिरोध प्रदर्शन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कलैयाको भरत चौकमा लोकतान्त्रीक समाजबादी बिधार्थी संघ द्वारा मुख्यमन्त्री विरुद्ध बिरोध प्रदर्शन आज साझमा गरेका छन्। आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार प्रदेश २को मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको कुरा बाहिरी संगै लोकतान्त्रीक समाजबादी बिधार्थी संघले मुख्यमन्त्री विरुद्ध बिरोध प्रदर्शन गरेका छन्। मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छात्राहरूलाई साइकल वितरणमा भएको अनियमितता बिरुद्ध भरत चौकमा राजीनामाको माग गर्दै विभिन्न नाराबाजी गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मुख्यमन्त्री जस्तो गरिमामय पदमा बसेर देशको मेरुदण्ड बुझिने विधार्थीहरुको बजेट बाट पनि यस्तो किसिमको भ्रष्टाचारी हुनु भनेको धेरै नै दुखद् कुरा रहेकोले यस्ता व्यक्ति लाइ नैतिकताको आधारमा राजिनामा दिनु पर्ने मांग गर्दै चर्को नाराबाजी गरेका छन्। ११ करोडको बेरुजु रकम भएको भन्दै (प्रदेश लुट्न पाइदैन, देश लुट्न पाइदैन, नैतिकताको आधारमा राजिनामा देउ, विधार्हिको नाउमा लुट्न पाइदैन) भन्ने विभिन्न नाराबाजी गरेका छन्।

संघका जिल्ला अध्यक्ष सन्तोष यादवको अध्यक्षता तथा महा सचिव ओम लोक पटेलको प्रमुख आतिथ्यतामा विरोध प्रदर्शन गरिएको छ। विरोध प्रदर्शन कार्यक्रममा लोकतान्त्रीक समाजबादी पार्टीका के.स. सर्फुल्लाह अंसारी, नगर अध्यक्ष जयप्रकास साह, ससी केशरी, खुर्शेद अंसारी, अनिल साह, विधार्थी संघका साबिर आलम, सम्भु गुप्ता, सन्त यादव, उमेश सोनल, श्याम केशरी लगायतकाहरुको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed