विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विद्युतीय ऐनको दफा ४७ र ४८ खारेगको माग गर्दै पत्रकारहर धर्नामा

सिम्रौन्गढ़ नपा psa


विराटनगर विद्युतीय ऐनको दफा ४७ र ४८ खारेजी तथा अनलाईनमा समाचार प्रकाशित भएका विषयलाई लिएर प्रहरी प्रशासनले पक्राउ गरेका पोखराको पत्रकार अर्जुन गिरी विरुद्ध दर्ता भएको साइबर क्राइम मुद्दा फिर्ता लिई अविलम्व रिहा गर्न माग गर्दै केन्द्रिय परिपत्र अनुसार नेपाल पत्रकार महासंघ मोरंग शाखाले जिल्ला प्रशासन कार्यालय मोरंग अगाडी धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको मोरंगको अगुवाईमा जिल्ला प्रशासन कार्यालय मोरंग अगाडी धर्नामा बसेर विराध गरेका छन् । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग गर्दै देश भरीका पत्रकारहरु आन्दोलित भएका छन् ।


बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको छ । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।
धर्नालाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ मोरंग शाखाका अध्यक्ष बन्धु पोखरेलले भने साइवर क्राइम अन्तर्ग देश भरका पत्रकारहरुलाई प्रहरी प्रशासनले दुख दिने गरेका र विद्युतिय कारोवार ऐनको दफा ४७ र ४८ पत्रकार विरोधी भएकोले त्यसको खारेजीको माग गरेको छ ।
सो धर्ना सभामा नेपाल पत्रकार महासंघको अगुवाई प्रेस यूनियन, प्रेस सेन्टर, प्रेस चौतारी र मधेशी पत्रकार समाज र संघिय प्रेस फोरमसमेतको सहभागीता रहेको छ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed