CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेसी दल लगायतकाहरु बहरुपिया रहेको मजविसको संज्ञा

फेटा GP PSA
675
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा। बहरुपियाको शाब्दिक अर्थ हाम्रो समाजमा, अनेक प्रकारको स्वरुप फेरिने र आफ्नो स्वार्थ सिद्ध गर्ने लाई बुझ्ने गरिन्छ। सोहि अनुसार हालको समयमा मधेसी दलका मसिहा रहेकाहरुले आफ्नो चरीत्र चरितार्थ गरेको टिप्पणी गर्दै मधेस जनविद्रोह समितिले बहरुपियाको संज्ञा दिएका छन्।

मधेसी दलका मसिहा भनाउनेहरु जुन सहादत प्राप्त भएका सहिद तथा जिउँदो सहिदहरुको सहादत बाट मुख्य मन्त्री देखि अध्यक्ष सम्मको कुर्सीमा बिराजमान रहेका छन्। ती यक्ष वंशका राजा रावणको व्यवहार भएका नेताहरूले ती सहिदहरुका सपनामा रगतको खोला बगाएर आज निजि स्वार्थमा लिप्त भएको मजविसले टिप्पणी गरेका छन्। समग्र मधेस एक प्रदेश, पूर्ण समानुपातिक जनसंख्याको अधारमा निर्वाचन प्रणाली, आत्म निर्णयको अधिकार लगायत कयौ मुद्दाहरूको बेवास्ता गरि आफ्नो तथा आफन्तको गोजि सेक्ने बाहेक कुनै कार्यनगरेको मधेस जनविद्रोह समितिका केन्द्रिय सदस्य अजय पटेलले आरोप लगाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हरेक वर्ष मधेसी दलका नेताहरुले सहिदहरुको नाममा दिपावलीको साझमा दीप प्रज्वलित गरि श्रद्धाञ्जली दिने गरेका थिए। तर यसपालिको दिपावलीमा कसैले श्रद्धाञ्जली समेत नदिएर सहिदहरुको सपना नै बिर्सेको टिप्पणी गर्दै के.स. पटेलले भने राक्षसी प्रविर्ती मात्र समाहित भएकोले अब हाम्रो सिंगो देशकै राजनीति आवस्था विदेशीको हाथमा गएको समेत धार्णा राखेका थिए।

पछिल्लो छ वर्ष देखि दिपावलीको साझमा सहिदहरुको सम्मान तथा आफ्नो मुद्दाहरु लाई जिवन्त राख्न दिप प्रज्वलित गरि सहिदहरुको श्रद्धाञ्जली दिने गरिएको थियो। सोहि अनुसार यसपालि पनि मजविसले दिप प्रज्वलित गरि श्रद्धाञ्जली अर्पण गरेका छन्।

अजविसले वीर शहीद अमर रहे, नारा लगाउदै तिलावे नदीमा राती ९ स्थानीय गायक धुरेन्द्र शहनी, सदस्य गणेश साह,अनेश पटेल, बिकाश पटेल, संचारकर्मी मुन्ना ठाकुर लगयतकाले सहिदहरुको समाधिमा उपस्तिथि रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश