विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपा नेपाल नै चुनावमा जित हासिल गर्ने प्रशिक्षणको उदेश्य

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

लोसपा नेपाल नै चुनावमा जित हासिल गर्ने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम कलैयाको जिल्ला समन्वय समितिको सभाहलमा गरिएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका नेतृत्व गर्ने अगुवा कार्यकर्ता कसरी सर्वसाधारण लाई सहज रुपमा सेवा प्रदान गरि आफ्नो पार्टी लाई सस्क्त र सुदृढ गर्ने प्रशिक्षणको उदेश्य रहेको थियो। लोकतन्त्रमा लोककल्याणकारी कार्य नभए सम्म कुनै समाज सुदृढ र समृद्ध कुनै हालतमा हुन नसक्ने ठोकुवा गर्दै प्रशिक्षण दिएको बताए। मधेसको मुद्दालाई लोसपाले नै अगाडि बढाउने र अधिकार प्राप्तिको आन्दोलन लाई लक्ष्य सम्म पुर्याउने भन्दै जनताको बिचमा पुगि पार्टीको निति सिद्धान्तको बारेमा चर्चा गर्न समेत सोनलले कार्यकर्ताहरु लाई निर्देशन दिएका छन। अधिकारको लडाईं अहिले बांकि नै छ, मुद्दाको किनारा नलागुन्जेल हामि तयार भएर बस्नु पर्छ, भनेसोनालले भने ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

कार्यक्रमका प्रमुख प्रशिक्षक पुर्व मन्त्री जितेन्द्र सोनलले भने लोक कल्याण गर्ने पार्टी नेपालमा एक मात्र लोसपा नेपाल रहेको बताए। नेपालमा एकल जातीय चिन्तन, नश्लवादी सोच र अवसरवादी हुनुको साथै निजि स्वार्थमा मात्र निहित रहेका पार्टी सर्वसाधारण जनताको हित तथा उसको हक अधिकार र पहिचानको बारेमा कसैले सोच्न पनि नचाहकोले हाम्रो लोसपा नेपालको निर्माण भएको पुर्व मंत्री सोनलले बताए। कलैया उप-महानगरपालिकाका प्रत्यासी मेयर जयप्रकाश साहको अध्यक्षता तथा प्रमुख प्रशिक्षक रहेका पुर्व मंत्री एवं पार्टीका प्रभावशाली नेता जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा प्रशिक्षण दिएको हो। कानुनी व्यवस्था बारे परमहंस केसरीले प्रशिक्षण दिएका थिए।

नगर कार्यसमिति कलैया उप महानगरपालिकाद्धारा आयोजित प्रशिक्षण कार्यक्रम गरिएको छ। कार्यक्रममा लोसपाका नगरपालिकाका नेता तथा जिल्ला नेतागण को उपस्थिति रहेको थियो। साथै प्रत्येक वडा बाट ३-३ जना प्रतिनिधि गरी ८१ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा लोसपाका केन्द्रिय सदस्य डा.कमरुल्लाह अंसारी, श्याम गुप्ता, संजय यादव, पिंकि यादव, स्थानिय नेता जयप्रकाश साह, , सर्फुल्लाह अंसारी, परमहंश केशरी, संतोष पटेल, शशिभुषण केशरी, शम्भु गुप्ता लगायतकाले प्रशिक्षण तथा समन्वय गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed