विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दु राष्ट्रका लागि आन्दोलनको घोषणा

सिम्रौन्गढ़ नपा psa

काठमांडू ।

हिन्दू परिषद नेपालले काठमांडूमा पत्रकार सम्मेलन मार्फ़त आन्दोलनको घोषणा गरेको छ। हिन्दू राष्ट्र नेपाल कायम गर भन्ने मूल नाराका साथ हिन्दू परिषद नेपालले आन्दोलन गर्ने भएको छ। पत्रकार सम्मेलनमा बोल्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने सम्पूर्ण नेपाली लाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल। परिषद स्थापना काल देखी नै हिन्दू राष्ट्र नेपालका लागी धार्मिक एवं सामाजिक कार्यको माध्यमले नेपाली समाज लाई जोड़ने कार्य गर्दै आएको छ। बिभिन्न समयमा गुरुजन एवं संघ-संस्था बाट भएको आन्दोलन प्रति हामी पूर्ण सम्मान ब्यक्त गर्दछौं। तपाईहरु हामीहरु लाई साथ, सहयोग र आशीर्वाद दिनुहोस हामी हिन्दू राष्ट्र नेपाल दिन्छौ, हाम्रो आग्रह हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आन्दोलनका तैयारी सम्बन्धी कार्यक्रमहरु:-

मंसिर २७ र २८ गते केन्द्रिय कमिटीको बैठक बीरगंजमा गर्ने, पूस ९ र १० गते राष्ट्रिय सम्मेलन बीरगंजमा गर्ने, पूस १५ गते प्रदेश ४ पोखरामा, पूस १७ गते प्रदेश न.२ जनकपुरधाममा, पूस २० गते प्रदेश न.१ बिराटनगरमा, पूस २३ गते प्रदेश न.३ हेटौड़ामा, पूस २४ गते प्रदेश न.५ बुटवलमा, पूस २७ गते प्रदेश न.५ नेपालगन्जमा, पूस २९ गते प्रदेश न.७ धनगढ़ीमा, माघ १ गते प्रदेश न.६ सुर्खेतमा लगायतका ठाउमा हिन्दूवादी अगुवा सम्मेलन, तथा माघ ७ र ८ गते काठमांडूमा आन्दोलन पूर्व तैयारी सम्बन्धमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेका छन्।

आन्दोलनका कार्यक्रम:- माघ १५ गते रयाली गर्ने,माघ १६ गते १ घण्टा नारा जुलूस गर्ने, माघ १७ गते धार्मिक स्थलमा पूजापाठ एवं प्राथना सभा गर्ने, माघ १८ गते सरोकारवाला संग अन्तर्क्रिया गर्ने, माघ १९ गते सिटी जुलूस गर्ने, माघ २० गते रयाली गर्ने, माघ २१ गते मोटरसाइकल र्र्याली गर्ने, माघ २२ गते कोण सभा गर्ने र आवश्यकता अनुसार आन्दोलनका कार्यक्रम तय गर्दै जाने बताएका छन्।

राष्ट्रप्रेमी र धर्मप्रेमीहरु समूह, संघ, संस्था एंव सरोकारवाला संग सहकार्य गर्ने भएको छ। पत्रकार सम्मेलनमा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष सुनीता रौनियार, केन्द्रिय सदस्यहरु उपेन्द्र झा, शान्त बहादुर शाक्य, मनोज राउत, श्यामसुन्दर रॉय, केन्द्रिय सल्लहकार महेन्द्र चौधरी, उपेन्द्र सिंह, उपत्यका कमिटी उपाध्यक्ष रामस्वार्थ पटेल, सचिव अनिल यादव, कोषाध्यक्ष राजीव देव्को सहभागी रहको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed