विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अजय साह भए समाजवादी प्रेस संगठन बाराको अध्यक्ष

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

अजय साह, समाजवादी प्रेस संगठन बाराको अध्यक्ष भएका हुन्। नेकपा (एकीकृत समाजावादी) निकटको समाजवादी प्रेस संगठन नेपालको बारा जिल्ला भेला आज (शनिबार) कलैयामा सम्पन्न गरि साह लाई अध्यक्ष चयन गरिएको हो। सम्पन्न जिल्ला भेलाले अजय साहको अध्यक्षमा २५ सदस्यीय बारा जिल्ला कमिटी गठन भएको छ। अध्यक्ष साह नेपाल पत्रकार महासंघ बाराको कार्यसमिति सदस्यमा एक कार्यकाल निर्वाचित भएका थिए। उनी तत्कालिन प्रेस संगठन नेपाल केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रेस चौतारी बाराका सचिव थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैयाबाट प्रकाशित हुने पदमोदय दैनिकका प्रकाशक समेत रहेका अध्यक्ष साह राजधानी दैनिक र एभीन्यूज टेलिभिजनका बारा जिल्ला समाचारदाता हुन्। संगठनको उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा धिरेन्द्र तिवारी, कोषाध्यक्षमा सावित्री शर्मा लगायतकाहरु लाइ पदाधिकारीमा चयन गरिएको हो। यसैगरी सदस्यमा अरुण मेहता, विनोद उप्रेती, रवि कुशवाहा, आफरोज अंसारी, भरत घिमिरे, विशेष गौतम, पवन विक, निरजकुमार गुप्ता, रामविनय साह, श्यामल गिरी, बिजय कुमार लगायतका रहेका छन्।

संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठको अध्यक्षमा भएको भेलामा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपाने, पोलिटव्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्यहरु चमिना भट्टराई, विभा कार्की, छविलाल उप्रेती, केन्द्रीय सदस्य, बारा जिल्ला अध्यक्ष तथा प्रदेश २ का सांसद सुन्दर विश्वकर्मा, प्रदेश २ का सांसद सीता गुरुङ, संगठनका केन्द्रीय सदस्य रमेश सुवेदी, पार्टीका जिल्ला सदस्य धु्रव यादव, रविन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed