विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

इतिहास लाई जगेर्ना गर्दै घोडा दौड बाराको कलैयामा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लाको कलैया उपमहानगरपालिकामा ट्राफिक कार्यालय अगाडी घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ। घोडा दौड प्रतियोगिता जस्तै निकै रफ्तारमा कलैया सिटि जेसिज अगाडि बढ्दै गएको छ।  कलैया जेसिज लाई आज पहिचानको आवस्यकता नरहेको किनकि कलैया जेसिज शाखाको आफनो छुटै पहिचान बनाउन सफल भएकोछ। कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष सेनिटर अरनेश्वर खनालले आफनो मन्तव्य राखेका थिए।

Prasauni holi 2082

घोडा दौड प्रतियोगिता श्रीकृष्ण घोडा संरक्षण समिति र कलैया जेसिजको आयोजनामा भएको थियो। उद्घाटन सत्र कलैया सिटी जेसीजका अध्यक्ष शम्भु गुप्ताको अध्यक्षता तथा समितिका अध्यक्ष किशुन यादवको नेतृत्वमा भएको हो। जेसि बिजय गिरिले जेसिज श्लोक पढेर कार्यक्रम सुरु गराएका थिए।

karaiya holi 2082

जेसिजको सेनिटर रंजन राउत , नेपाल जेसिजको राष्ट्रिय कार्यकारी उपाध्यक्ष सिनेटर अरुण दाहाल, नेपाल जेसिजको राष्ट्रिय तालिम आयुक्त जेसी मनिष श्रेष्ठ, जेसी निशान्त लामिछाने, उद्योग वाणिज्य संघको कोषाध्यक्ष सन्तोष साह, बारा कलवार कल्याण समाजका अध्यक्ष मन्तोश चौधारी, नवल किशोर साह, गंगासागर कुशवाहा, अनिल कुशवाहा , राजेश कुशवाहा, लोसपा युवा नेता जयप्रकाश साह, कलैया सिटी जेसिज के पुर्व अध्यक्षको सहभागिता रहेको थियो। कार्यक्रम संचालन जेसि सावित्री शर्माले गरेकी थिन।

घोडा दौडमा नेपाल भारतका २१ वटा घोडा प्रतियोगितामा भाग लिएका प्रथम पुरस्कार शेयत इफरवार महम्द मोतिहारिलाइ फ्रिज, दोस्रो पुरस्कार नन्दकिशोर सहनी मोतिहारी एल ई डी टीवी र तेस्रो पुरस्कार मन्टु सिंह मुखिया मुजफरपुर भारतका जित हासिल गरेका थिए। विजयी भएका घोडावालालाइ काङ्ग्रेसका नेता रामानन्द प्रसाद यादव तथा जेसिजको पदअधिकारी पुरस्कार वितरण गरेका थिए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed