विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपेन्द्र यादव मधेशीका लागि घातक : डा. अंसारी (भिडियो सहित)

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लाको आदर्शकोतावाल गाउपालिका वडा न. ५ रुपौलियामा सदस्यता वितरण अभियान कार्यक्रम अन्तर्गत मेथुन पासवानको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य डा• कमरुल्लाह अंसारी को प्रमुख आतिथ्यतामा १०५ सदस्यीय वडा समिति गठन भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा हामी सबै मधेसी तथा नेपालीको कल्याण हुने प्रमुख अतिथि डा. अंसारीले बताए। नेपालका सबै पार्टीमा मधेसी अनुहारको भए पनि मधेशीको अनुहार लाई मन पराउने अनुहार नरहेको तथा मधेसीको पोशाक धोती मन पर्दैन कुर्ता मन पर्दैन भने डा. अंसारीले भने। सदियो देखिको राणा काल देखि राजतन्त्र हुँदै अहिलेका नेपाली काङ्ग्रेसको नेतृत्व सरकारहोस् वा एमाले वा माओवादी यो सबैले विभेद गरि मधेसी जनता लाई छाती र टाउकोमा गोली हानि १५४ जनालाई सहिद गरेको छ। तर जसपाका उपेन्द्र यादवले हाम्रो जसपा लाइ भाडभैलो गर्दै सत्ताको लोभमा हाम्रै विपक्षमा लगेर सरकार ढाल्नमा सहायो गरि मधेसीको मुद्दा लाई पछाडी पारेको र मधेसीका लागि यादव घातक रहेको आरोप लगाए।

Karaiya Mai Notice Winter

संविधान जुन बेला बन्दै थियो त्यतिखेर मधेसी मुलमा बसेको सम्पुर्ण आदिवासी, जनजाति, चौधरी, मुस्लिम, दलित, सिमान्तकृत र पछाडि पारिएका जनतालाई झन झन बिकास र सेवा सुबिधामा सरकारको असयोग रहेको डा. अंसारीले बताए। हरेक निकायको पहुँचमा सर्वसाधारण न पुगोस भने धारणा बोकेकाहरुले अवरोध र बाधक बनेको छ। मधेसी जनताको साथमा हमेसा साथ दिने एक मात्र लोसपा नेपाल हो भने डा. अंसारीले बने। लोसपा नेपाल सबै पद त्याग गरेर मधेसी जनताको साथमा रहेको थियो, रहेको छ र रहने छ भने डा. अंसारीले बताए। सोहि कारण यस वडा देखि गाउँपालिका, नगरपालिका, उप-महानगरपालिका, बिधान सभा सदस्य र प्रतिनिधि सभा सदस्य सबै लाई जिताउन आग्रह गर्दै नयाँ समिति लाई बधाई तथा शुभकामना डा. अंसारीले दिएका थिए।

एक फरक प्रसंगमा डा. अंसारीले भने हाम्रो लोसपा नेपालले १८ दिन सरकारमा सहभागी हुँदा विभिन्न माग मुद्दा सन्सोधन गराउन सफल भएको थियो तर असफल गराउन नेपाली काङ्ग्रेस, माओबादी, नेकपा समाजवादी लगायत जसपा नेपालका नेताहरुले मधेसीको माग मुद्दा सन्सोधन हुन बाट पछी पारेको डा. अंसारीले बताए। हामी सबै एक होऔ र जितौ र देशलाई समृद्ध नेपाल बनाउ भने मूल धारणा राखेका थिए। उक्त वडा समिति गठन कार्यक्रममा लोसपा नेपालका युवा नेता तथा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सदाम अन्सारी र अतिथि ताहिर मंसुरि, सान्ता कुशवाहा, प्रतीक्षा गुप्ता, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन जिल्ला सचिव अनिल साहले गरेका थिए।

https://www.youtube.com/watch?v=k4asZFkpCWY&t=690s

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed