विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

यथासिघ्र राजविराजको बसपार्क निर्माण कार्यको माग

सिम्रौन्गढ़ नपा psa

प्रिया सिंह थारु, राजविराज ।

सप्तरीको राजविराजमा बहुप्रतिष्ठित राष्ट्रिय गौरब अन्तर्गत राजविराज नगरपालिका वडा नम्बर २ मा निर्माणधिन राजदेवी बस पार्क समयमा निर्माण गराउनका लागि राजविराज बस पार्क संघर्ष समितिद्वारा जिल्ला प्रसाशन कार्यालय सप्तरी,राजविराज नगरपालिका कार्यालय, संघिय शहरी विकास आयोजना डिभिजन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वि।स।२०४४ सालमा तत्कालीन प्रधानमन्त्री सम्मानिय मरिचमान सिंहले शिलान्यास गरेको राजदेवी बस पार्क २०४६,२०५२ सालमा र पछिल्लो समय २०७४ साल पौष ९ गते शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र राजविराज न.पा. का मेयर शम्भु यादवद्वारा संयुक्तरुपमा शिलान्यास भएको थियो। पटक पटक शिलान्यास भएको राजदेवी बस पार्क अहिलेसम्म निर्माणकार्य सम्पन्न हुन नसक्नु दुख लाग्दो कुरा हो ज्ञापनपत्रमा उल्लेख रहेको छ। बस पार्क समयमा संचालन नहुदा सम्पुर्ण यातायात अव्यवस्थित अवस्थामा रहेकोले स्थानीय लगायत सम्पूर्ण नगरबासी मारमा परेको ज्ञापनपत्रमा उल्लेख रहेको छ। डीपीआर अनुसार हाल सम्म काम नभएकोले समयमा डिपीआर अनुसारको कार्य गराउन बस पार्क संघर्ष समितिले माग गरेको छ।

Karaiya Mai Notice Winter

राजविराज बस पार्कमा डिपीआर अनुसारको जग्गा अपुग रहेकोले बस पार्क निर्माणको लागि छुट्याइएको जग्गा नगरपालिकाद्वारा अबिलम्ब उपलब्ध गराउने माग समेत संघर्ष समितिले गरेको छ। डि पी आर प्रमाणित नक्सा भित्र अनाधिकृत रुपमा कबड हल र वडा कार्यालय निर्माणका कारण पेट्रोल पम्प, वासिङग सेन्टर, रिपेयरिङग सेन्टर, खानेपानीको जग्गा अपुग भएको देखिएकोले संरचना भित्र उक्त निर्माण के  कारणले र किन भएको स्पष्टीकरण समेत हाम्रो माग रहेको संघर्ष समितिका संयोजक रामदेव यादवले जानकारी गराए।

राजदेवी बस पार्क शहरी विकास मन्त्रालयबाट रु १६,३८,९६,५१९रण्१ लागतमा काम गर्ने ठेक्का सिनरश्री विल्डर्स प्रा. लि. काठमाडौले लिएको हो। यता सिनरश्री विल्डर्स प्रा। लि। ले २०७७ साल पौष १८ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको तर डिपीआर अनुसारको जग्गा अपुग रहेकोले समयमा निर्माण कार्य पूरा हुन नसकेको बताएको छ । उता पेटी ठेकेदार रामकान्त चौधरीले बसपार्कमा बिना नक्साकै काम गराउने भएक‍ले एउटै कामलाई मुखको भरमा गराउने गर्थियो तर मन नपर्दा फेरि एउटै कामलाई चार पल्ट सम्म बाध्न,खोल्न,तोडन लगाउने गरेकोले मेहन पनि खेर ठेकेदारलाई पनि बिजोग हुने गरेको बताए।

संघर्ष समितिका संयोजक रामदेव यादवसंग नरेन्द्र झा,महेन्द्र प्रसाद यादव,शशिन्द्र यादव, सुशील गुप्ता ,रामनारायण यादव,बिरेन्द्र यादव, रामकृष्ण देव, जयप्रकाश साफी, सतिशचन्द्र झा, हिरा खंग, उमेश साह, राजकुमार साह, आतिश सिंह लगायतका सहभागीतामा ज्ञापनपत्र बुझाएको संयोजक यादवले जानकारी गराए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed