विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बढ्दो चिसोलाई मध्य नजर गर्दै असहाय परिवार लाई कम्बल वितरण

सिम्रौन्गढ़ नपा psa

रौतहट।

यता केही दिन देखि लगातार बढ्दो चिसोले गर्दा सर्वसाधारण परिवारमा न्यानो कपडाको अभावले तराई मधेशमा चिसो बाट बाच्न अप्ठ्यारो भएकोले कम्बल वितरण गरिएको क्लबका अध्यक्ष आर्य शशिकला राउतले बताइन। बिगताको समयमा कोभिडका कारण गरिएको लकडाउनले दैनिकी जीवन यापन गर्ने कठिनाइ हुनेगरेको परिवार लाई अहिले चिसोबाट बाच्न धेरै कठिनाइ परेकोले सरकारहरुको कुनै चासो नरहेको देखेर अमेरिका मा रहेका नेपाल मुलका मधेशी समाजले चन्दा उठाएर आफ्नो समाजका लागि योगदान गरेको अध्यक्ष राउतले बताइन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया टोल स्थित श्री झरिमाई नर्सिङ्ग युवा क्लबको अगुवाइमा गरिब असहाय वर्गमा कम्बल वितरण गरिएको राउतले बताइन। अमेरिका मधेशी समाज नामक संस्थाको आर्थिक सहयोग रू. ४५०००/- (पैंतालीस हजार) र स्थानीय सहकार्य संस्था झरिमाई नसिङ्ग युवा क्लबकी अध्यक्ष आर्य शशिकला राउत उर्फ प्रियाको पहलमा एक कार्यक्रम बिच ४० थान कम्बल गरिब परिवार लाई वितरण गरिएको हो।

उक्त कार्यक्रममा परोहा नपा वडा नं ८ का अध्यक्ष खेदु मुखिया, स्थानीय अगुवा बलिरा गिरी, रामसेवक प्र. जयसवाल, चन्द्रीका राउत पटेल लगायत स्थानीय बासीहरूको उपस्थिति रहेको थियो। आउने दिनमा अझ यस्तो गरिब, असहाय, मजदुर र विपन्न समुदायमा अमेरिका मधेशी समाज सहयोग गर्न सधैं अगाडि रहने संस्थाका अध्यक्ष भुषन यादवले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed