विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेयर पटेललाई फसाउन खोजेको भन्दै स्थानिय द्वारा नगरपालिका कार्यालय घेराउ

सिम्रौन्गढ़ नपा psa

रौतहट सम्बादाता, १५ फागुन, रौतहट ।

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल पक्राउ परेका छन् । मेयर पटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ । नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेक घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । मेयर पटेल सहित उनका स्वकीय सचिवलगायत चारजना अझै पक्राउ परेका छ्न । पक्राउ परेका सचिवलगायत चार जना बारेमा थप विवरण आउन बाँकी रहेको समाचार प्राप्त भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्यस्तै जसपा जिल्ला अध्यक्ष तथा मेयर पटेललाई षड्यन्त्र गरि फसाउने कार्य निन्दनीय स्वच्छ छानबिन गर्न मेयर राजीव रंजन यादवले माग गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले देशको गरिमामय जिम्मेवार संस्थाको रूपमा चिनिएको छ, तर अख्तियारले छापा हान्दा गोप्य रूपमा हुनुपर्छ त्यही बेला पत्रकारको उपस्थिति हुनु र पैसा एवं चेक दिने व्यक्ति त्यहीँ क्रममा पुग्नु सिधै षड्यन्त्र देखिएको छ । अख्तियारले पनि केही राजनीतिक दलको इशारामा हिडेको पुष्टि भएको देखिन्छ ।

Karaiya Mai Notice Winter

जनताको मतबाट निर्वाचित रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख तथा जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेललाई कार्यालयबाट गुण्डासैलीमा लोकतन्त्रको खिल्ली उडाउँदै हिजो बेलुका अख्तियार अनुसन्धान कार्यालयले पक्राउ गरेको कार्य समाज र देशको लागि गलत सन्देश दिन खोजेको भन्दै बौधिमाई नगरपालिकाका नगर प्रमुख राजीव रंजन यादवले घोर भत्सर्ना गरेका छन ।

एउटा राजनीतिककर्मी र मेयर जस्तो व्यक्तिमाथी राजनीतिक प्रतिशोधको अधिनमा लागेर फसाउने कार्य निन्दनीय हो । यस घटनाको सुक्ष्म ढंगले सत्य तथ्य छानबिन गरी षड्यन्त्र रचने जुनसुकै व्यक्ति भएपनि त्यसलाई कानुनको दायरामा ल्याउन जोडदार माग मेयर यादवले गरेका हुन । असत्य माथि सत्यको विजयी अनिवार्य हुनेछ सम्पूर्ण रौतहटबासीले त्यो षड्यन्त्रकारीको अनुहार बढो राम्रोसँग चिनिने छ राजनीतिक चरित्र हत्या गर्नेलाई समाजले नाङ्गो पार्छन् भने उहाँ बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed