विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चर्चित नेता मिर्जा राशिद राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको अध्यक्षमा

सिम्रौन्गढ़ नपा psa

अजय मिश्र, कपिलवस्तु।  राशिद राष्ट्रीय युवा संघ नेपाल

चर्चित नेता मिर्जा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको प्रथम नगर अधिवेशन बाट नगर कमिटी कृष्णनगरको अध्यक्षमा पदमा निर्विरोध चयन भएका छन। आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं ३मा राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको प्रथम नगर अधिवेशनमा युवाहरुको उत्साह मिर्जा राशिद बेग तिर बढ़ी रहेकाले पार्टीका वरिष्ठ नेताहरु पनि राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको अध्यक्षमा मिर्जा राशिद बेगलाई चयन गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उपाध्यक्ष दिपेंद्र कुमार चौधरी, सचिव बदरे आलम मुसलमान, सहसचिव ओम प्रकाश तेली, मुजक्कीर अहमद मुसलमानलाई चयन गरिएको छ। प्रथम नगर अधिवेशनले ६१ सदस्सीय नगर कमिटी गठन गरेको छ। बेग व्यापारको शिलसिलामा विदेश बस्दै आएका थिए तर दुई तीन बर्ष देखि नेपालमा रही आफ्नो उद्योग संचालन गरि व्यापार गर्नुको साथ साथै नेकपा (एमाले)पार्टीमा रही निरन्तर पार्टी तथा जनताको बिच रही युवा, महिलाहरु लाई रोजगार दिने समाजका गरिब परिवारहरु लाई सहयोग गरि गरिबा परिवारको घरमा चुलो जलाउने काम समेत गरि रहेको कुरा दिपेंद्र कुमार चौधरीले बताएका छन।

Karaiya Mai Notice Winter

मिर्ज राशिद बेगले जनताको घर घरमा पुगी नेकपा एमाले पार्टीको निती सिद्धांत बारे जानकारी गराइ सयौ युवा,महिला तथा व्यापारीहरुलाई आफ्नो पहलमा पार्टी प्रवेश गराई कृष्णनगरमा नेकपा एमाले लाई बलियो बनाई पार्टी प्रवेश गराएकाहरू लाई सक्रिय राजनितीमा ल्याएको कार्य प्रति उत्साहित भई आज प्रथम नगर अधिवेशनमा उपस्थित वरिष्ठ नेता तथा युवाहरुले राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको जिम्मा वेग तथा वेगका साथ निरन्तर पार्टीको हक हितका लागि लागेका युवासहरु लाई दिएका छन।

युवाहरुको साथमा रही संगठनलाई थप मजबुतीका साथ अंगाड़ी बढाउदै आउने स्थानीय चुनावमा पुर्ण बहुमतका साथ कृष्णानगरमा स्थापित हुने प्रतिबद्धता नवनिर्वाचित राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरका अध्यक्ष मिर्जा राशिद बेगले बताएका छन्। राष्ट्रीय युवा संघ नेपाल प्रथम नगर अधिवेशन कृष्णानगर कार्यक्रमको अध्यक्षता कृष्णानगर नगर कमिटि अध्यक्ष सन्दीप प्रताप मौर्या, कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु जिल्ला राष्ट्रीय युवा संघ नेपालका सह इन्चार्ज गणेश बहादुर केसी, विशिष्ट अतिथि नेकपा एमालेका वरिष्ठ नेता मंगल प्रसाद गुप्ता,अतिथी राष्ट्रीय युवा संघ नेपालका पुर्व केन्द्रीय सदस्य शाह नवाब रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथी केसीले युवाहरु नै देशका भविष्य हुन र यो भातृ संगठनले नेकपा एमाले पार्टी को सिद्धांत प्रति समर्पित भइ देश हितमा काम गर्न अनुरोध गर्दै नवनिर्वाचित कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed