विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महिला संघले मनाए होलि, आफ्नो ब्यथा पोखे मंत्री यादव संग

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

जनता समाजवादी महिला संघ बारा होलि मिलन कार्यक्रम गरेका छन्। महिला संघ बाराकी अध्यक्ष रम्भा सहनीको अध्यक्षता तथा मधेश प्रदेशका अर्थ राज्य मंत्री उषा यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको छ। फागु पर्व होलिको शुभ अवसरमा गरिएको कार्यक्रममा महिलाहरुले आ-आफ्नो गुनासो पोखेका थिए। महिलाहरुको अधिकारको कुराहरु बारे कसरि अझ ससक्त तथा चुस्त दुरुस्त हुन् सक्छ भन्ने बारेमा गहन छलफल गरिएको हो। दिन प्रतिदिन महिलाहरु लाई हुने गरेको आम समस्या बारेमा मंत्री यादव समक्ष सबै महिलाहरु राखेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मंत्री यादवले सबैको गुनासो बारेमा आफ्नो मन्तव्य राख्दै भने महिलाहरुको हक अधिकार तथा मान सम्मान जसपाले नै दिलाने पार्टी रहेकोले आउदो चुनावमा आफ्नो जसपा लाई निर्वाचित गराएर आफ्नो अधिज्कार सुनिश्चित गराउन लाई आग्रह गरेकी थिन। मन्त्रि यादवले भने आफु महिला भए महिलाको अधिकार बारेमा कामर कसेर लागेको र त्यसमा तपाईहरुको साथ् र सहयोगको आवस्यकता रहेको बताइन। जसपाले नै मधेशीहरुको मानसम्मान तथा पहिचान लाई कायम राख्दै आफ्नो प्रदेशको नामाकरण मधेश प्रदेश गरेकोहो जसले मधेशीले गरेको ६ महिनाको आन्दोलन लाई सम्बोधन भएको हो। त्यसैले आब आउदो दिनमा महिला लाई कसरि महिलाको अधिकार सुनिश्चित हुन्छ त्यसका लागि एउटा छुट्टै लडाई लड्नु पर्ने छ। त्यति मात्र नभएर हामीले नै आन्दोलन गरि संघियता ल्याएकोर संघियताको नै देनाहो कि पुरुस सरहको अधिकार महिलाहरुको अधिकार कागजमा लिखित भएको छ। अब व्यवहारिक रुपमा अधिकार प्राप्त गर्न लाई लडाई लड्न बाकि रहेको बताइन।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पार्टीका प्रदेश सदस्य ध्रामेंद्र यादव, जिल्ला सचिव लक्ष्मी यादव, रमावती चौरसिया, उअमरावतॆ यादव, शिला साह, ललिता साह, बबिता साह, तारकेश्वर मिश्र लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन लिला पाण्डे गरेकी थिन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed