विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपाको एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम, चुनावमा आफ्नो जीतको प्रबल सम्भावना : ठाकुर

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

लोकतान्त्रिक समाजबादी पार्टी नेपाल प्रदेश स्तरीय एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम नगर सभा गृहमा पुरा भएको छ। लोकतान्त्रिक समाजबादी पार्टी नेपाल केन्द्रीय सचिवालयको जिल्ला कार्य समिति पर्सा बीरगंजको आयोजनामा भएको सो कार्य कर्ता प्रशिक्षण कार्यक्रमको उदधाटन महन्त ठाकुरले गर्नु भएको थियो। उहाँले अहिले राजनीतिक परिस्थिति पहिला भन्दा फरक रहेकोले स्थानीय निर्वाचनमा आफ्नो पार्टी कसरी बलियो बनाउने भन्ने बारेमा धारणा राख्नु भएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मधेसीको माग अहिले पनि पुरा नभएको अवस्था रहेकोले जुन सरकारले हाम्रो माग पुरा गर्छ उसलाई सहयोग गर्ने ठाकुरले बताए। हामीले गठबन्धन सरकार लाई सहयोग गरेको हो तर मुद्दा अहिले सम्म कार्यनयन नभएको अध्यक्ष ठाकुरको भनाइ रहेको छ। कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता राजेन्द्र महतो, सरदसिंह भन्डारी, अनिल झा, लक्षमणलाल कर्ण, जितेन्द्र सोनल, सासद रामएकबाल मियाँ लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रमको स्वागत मनतब्य मधेस प्रदेशका सदस्य रमेश पटेलले गरेका थिए भने उक्त कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष पुरुषोत्तम झाले गरेका थिए। प्रशिक्षण कार्यक्रममा बारा, पर्सा, रौतहट, सर्लाही गरि ८० जनाको सहभागीता रहेको थियो।

Karaiya Mai Notice Winter

ठाकुरका अनुसार आदिवासी जनजाति, मुस्लिम थारु, पिछडावर्ग, तथा अधिकार विहिन रहेका सबैको अवाज उठाउने हाम्रो पार्टी रहेकोले हामि मात्र मधेशको नभएर हामी समग्र नेपालको उत्पिडनमा परेका अवाज उठाई रहेको बताए। हाम्रो मधेशमा हुनेगरेको विभेद जबसम्म समाप्त हुदैन तब सम्म समग्र नेपालको विभेद समाप्त नहुने ठोकुवा गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed