CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली कांग्रेसका युवा नेता कुनाल शाह १४ गते नेकपा एमाले मा प्रवेश गर्ने

फेटा GP PSA
517
सिम्रौन्गढ़ नपा psa

अजय मिश्र, कृष्णनगर,कपिलवस्तु।

कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ का युवा नेता कुनाल प्रताप शाह यही चैत्र १४ गते नेकपा (एमाले) मा औपचारिक रूपमा राष्ट्रीय अध्यक्ष के. पि. शर्मा ओलीको हातबाट सदस्यता ग्रहण गरि एमालेमा प्रवेश गर्ने बताएका छन् l यही चैत्र १४ गते सोमवारका दिन कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेकपा(एमाले)को राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री के. पी. शर्मा ओली वृहत जनसभा लाई सम्बोधन तथा पार्टी प्रवेश गर्ने कार्यक्रममा शाह औपचारिक रूपमा हजारौँ व्यक्तिका साथ नेकपा एमाले मा प्रवेश गर्ने बताए l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कुनाल प्रताप शाहका हजुरबुबा डा. रूद्र प्रताप शाह नेपाली कांग्रेसको संस्थापक सदस्य बनारसमा नेपाली कांग्रेसको गठन हुदाँ देखि नै करिब सात दशक देखि निरन्तर रूपमा पार्टी प्रति समर्पित भै कपिलवस्तुमा नेपाली कांग्रेसको स्तम्भका रूपमा चिनिएका छन् l उहाँको हजुरबुबा पूर्व प्रधानमंत्री स्वर्गीय विशेस्वर प्रसाद कोइराला, पूर्व प्रधानमंत्री स्वर्गीय कृष्ण प्रसाद भट्टराई, पूर्व प्रधानमंत्री स्वर्गीय गिरिजा प्रसाद कोइराला, पूर्व प्रधानमंत्री स्वर्गीय शुसील कोइराला लगायतका साथमा नेपाली कांग्रेसको राजनीति गर्दै डा. रूद्र प्रताप शाह प्रजातांत्रिक पन्चायती कालमा राज परिषद सदस्य समेत रहेका र यस क्षेत्रका नेपाली कांग्रेसका प्रतिनिधि हरूलाई विजयी बनाउन समेत उहाँको भूमिका अविस्मरणिय रहेको स्थानीय जानकर हरू बनाउछन्l साथै कुनाल प्रताप शाहका बुबा राकेश प्रताप शाह ( गुड्डू भैया) नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्यका रूपमा योगदान दिदै आएका छन् l

कपिलवस्तु क्षेत्र नं ३ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि समेत रहेका कुनाल प्रताप शाह र उहाँको बुवा, हजुरबुबा ले कांग्रेस पार्टी छोड्ने निर्णयले पार्टी लाई धक्का पुग्ने उहाँका समर्थक हरूले बताएका छन्l कुनाल प्रताप शाह बर्षौ देखि जनताका बिचमा पुगि जनताको शुख दुखमा साथ दिदै आएका जनताले पटक पटक मेयर पदको उम्मेदवार हुन दबाव दिदां उहाँ जनताको भावनानुसार नै आफू मेयर पदमा उम्मेदवार हुने बताए l उहाँ केही समय पहिला नेकपा एमाले का राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री के. पी. शर्मा ओली संग भेटघाट गर्दा ओलीको बिचार बाट प्रेरित भै नेकपा एमाले प्रवेश गर्न लागेको बताए l

शिवराज नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा निर्विरोध चयन भएका समेतले सामाजिक रूपमा जनताको मन जित्न सफल रहेको शिक्षा प्रेमी हरूको बुझाई रहेको छ l शिक्षा, सामाजिक, आर्थिक, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत उहाँको परिवारले दिएको योगदान सराहनीय रहेको देखिन्छ। यस क्षेत्रमा उद्योग स्थापना गराउन शाह परिवारको योगदान रहेको र त्यस्को लाभ स्थानीय हरूले लिइरहेको र सयौँ को संख्यामा व्यक्ति लाई रोजगारीको अवसर प्राप्त समेत भएको छl

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश