CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाज सेवा गर्न होटेल व्यवसायमा लागे आलम

फेटा GP PSA
1,065
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

समाज सेवा भनेको एउटा छुट्टै दृढ इक्षा शक्ति हो, जुन कोहीकोही मानवमा पाइन्छ। त्यस्ता इक्षा शक्ति भएका मानवको एउटा मात्र लक्ष्य हुने गर्दछ, जुन मानव सेवा हो। आजको युगमा हेर्दा केहि भन्न नसकिने अवस्था रहेको छ, जुन सर्वविदित रहेको कुरा हो। चाहे त्यो कसैको अस्मिता होस् वा इमान्दारिताको, जता हेर्दा भ्रस्टाचार, बलात्कार, हत्या हिँसा लगायका धेरै घटनाहरु हाम्रो आखाको सामु हुनेगरेको र सुनिने गरेको छ। समाज सेवा त् एक महान मानवको कुराहो जुन सहजै सबैमा पाइदैन। तर फरक विचारधाराका व्यक्तिले आफ्नो परिवार लाई भरण पोषण गर्नुको साथै समाजसेवामा लागेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्तै आजको युगमा महान मानवको रुपमा हाम्रै समाजका एक व्यक्ति रहेका छन्। पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा न. ८ जगतपुर निवासी मोहम्मद मोम्ताज आलम रहेका छन्, जसले समाज लाई सेवा गर्न होटेल व्यवसाय गरेका छन्। आलमले काठमांडूमा हवाई अड्डा नजिक होटेल ओलाइभ संचालन गरेका छन्। होटेल बाट प्राप्त आम्दानीको २१ % (प्रतिशत) समाज सेवामा लगानी गर्ने गरेका छन्। हालको अवस्थामा एकजना महिला साह्रै गरिव रहेकोले उअनाकी छोरीकी विवाहमा ५१ हजार नगद सहयोग गरि आलमले विवाह गराएका छन्। यो त् एउटा मात्र उदाहरण हो, यसका साथै काठमांडूको एउटा मस्जिदमा प्रत्येक हप्ता दिन दु:खी लाई खाजा खुवाउने गरेका छन्।

आजको युगमा यस्ता महान आत्मा भएका व्यक्तिको यो समाजमा निकैनै खाचो रहेकोले यस्ता महान आत्मा रहेका मानव लाई सरकारले पनि हेरचाह गर्नु पर्ने उत्तरदायित्व रहेकोछ। तर त्यसको ठिक उल्टो हाम्रो नेपालमा त् विजोग नै छ, किनकि यहा त् हेर्ने हो भने अरु देशले दिएको भिक्षा बाट नै चोरी गर्ने गरेको देखिएको छ। भने यहा हाम्रो नेपालमा त्यसको कुनै आस नै गर्ने अवस्था नरहेको जानकारहरुको बुझाइ छ। यस्ता यस्ता माहान आत्माले समाज तथा देशका लागि पनि अझ सेवा गर्न लाई निर्वाचित गराएर समाज तथा देशको कल्याण हेतु अगाडी बढाउन समाजले सहयोग गर्नु पर्ने नितान्तआवस्यक रहेको सर्वसधारनको आकांक्षा रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश