विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चैत्र २० गते देखि रोजा (व्रत) बस्ने राष्ट्रीय मदरसा संघको सुचना 

सिम्रौन्गढ़ नपा psa

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु। 

मुस्लिम धर्मावलंबीहरुको पवित्र महिना रमजान चैत्र २० गते देखि शुरु हुदै छ भन्ने जानकारी राष्ट्रीय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारि गरेको बताएको छ। पवित्र महिना रमजानमा मुस्लिम धर्मावलंबीहरु रमजान महिना सुरु भए देखि २९/३० गते सम्मा रोजा (व्रत) बसी इबादत (अल्लाह संग प्रार्थना) र आफुले गरेको गल्तीहरुको पश्चाताप गरि क्षमायाचना अल्लाह संग मांग्ने गर्छन। साथ साथै गरिब परिवारहरुमा दान दक्षिणा (सदका जकात) समेत वितरण गर्छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरको रमजान महिनामा रोजा (व्रत) बस्ने समयसरणी अनुसार यसपालि लगभग १४ घण्टा निराजल व्रत राख्नु पर्ने भएको छ। छिमेकी मित्र राष्ट्र भारतको बिभिन्न‌‌ शहरमा रमजान महिनाको चन्द्रदोदय देखिएको कारणले नेपालमा पनि चैत्र १९ गते तराबिह नमाज पढ़ने र चैत्र २० गते देखि व्रत बस्ने जानकारी राष्ट्रीय मदरसा संघ नेपालले जानकारी दिएको छ। राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी अनुसार यसपाली नेपालमा कोभिड१९ महामारी न्युन रहेको कारणले धार्मिक स्थलहरु खुल्ला रहेको जनाएका छन्।

यो पवित्र महिना रमजानको इबादत (प्रार्थना) गर्नको लागि मस्जिदमा पुगी बढ़ी बन्दा बढ़ी इबादत गर्नका लागि अनुरोध गर्दै पवित्र महिना रमजानको मुबारक बाद समेत दिएका छन। पवित्र रमजान महिनामा इबादत गर्नुको साथ साथै आफुले बर्ष भरि कमाएको हलाल रुपयामा २.५% जकात (दान) दिई गरिब परिवारहरुको सहयोग गर्ने र यो बर्ष मस्जिदहरुमै पुगी तराबिह नमाज पढ़ने र अन्य इबादतहरु (प्रार्थना) गर्ने आग्रह राष्ट्रीय मदरसा संघ नेपालको महासचिव मौलाना मशहुद खां नेपालीले बताएका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed