CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोर्ट मैरेज गरेकोमा ज्यान मार्ने धम्की, आदालतको अपहेलना

फेटा GP PSA
4,567
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

विवाह दर्ता ऐन, २०२८ को दफा ४ को उपदफा (३) मा विवाह हुनसक्ने अवस्था अन्तरगत विवाह हुनको लागि पुरुषको उमेर २२ वर्ष र महिलाको १८ वर्ष पूरा भइसकेको हुनुपर्ने भनी व्यवस्था गरिएको छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ ले समानताको अधिकारको प्रत्याभूति गरेको छ भने धारा १२ ले स्वतन्त्रताको अधिकारको प्रत्याभूति गरेको छ। त्यस्तै मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १६(२) मा विवाहको इच्छा राख्ने स्त्री पुरुषको पूर्ण र स्वतन्त्र सहमतिबाट विवाह हुने व्यवस्था गरेको छ। महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९ को धारा १,२,३ र धारा १६(ख) आफ्नो जीवनसंगी स्वतन्त्र र पूर्ण सहमतिमा विवाह हुने गरी समान अधिकारको प्रत्याभूति गरेको नागरिक तथा राजनैतिक अधिकार विषयक संयुक्त राष्ट्रसंघीय अनुबन्ध रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तर बारा जिल्ला हालको आदर्शकोतावाल गाउपालिका वडा न. १ बस्ने जोखु साह कानु र फुलमती देवीको नाती रमेश प्रशाद/शान्ति देवीको २४ वर्षिय छोरा अनिल साहले रौतहट जिल्ला हाल मौलापुर नगरपालिका वडा न. ६ बस्ने जैसवालाका बाबु जगरनाथ प्रशाद/ केवल देवीको नातिनी र रामाकान्त प्रशाद/चन्दा देवीकी छोरी हेमा कुमारी जैसवाल संग रित पुर्वक कानुनि रुपमा अदालत द्वारा विवाह गरि स्वतन्त्र रुपमा आफ्नो जीवन यापन गर्न लाग्दा हेमा कुमारीका परिवार जनले विभिन्न किसिमका ढाक धम्कि दिनेगरेको दुवै जना दम्पतीले पिडित भएर पत्रकार समेलन गरि जनाएका छन्।

Karaiya Mai Notice Winter

केटि पक्षले अर्थात हेमा कुमारीका बुबाले रौतहट जिल्ला प्रहरी कार्यालयमा अपहण तथा शारीरिक बन्धकिको मुद्दा समेत दिएर मेरो स्वतन्त्रता तथा मानवियता सम्बन्धि अधिकारको हनन गरि अरुको जीवनमा बाधा पुर्याई अदालतको पनि अपहेलित गरिरहेको जैसवालले वताइन। दिनहु मेरो ससुर बुबा लाइ आएर ज्यान मार्ने ढाका धम्कि दिनेगरेको जैसवाले बताइन।

अनिल साहका बुबाले बारा जिल्ला प्रहरी कार्यालयमा विवाह दर्ताको प्रमाण पत्र समेत शान्ति सुरक्षाको निवेदन दिदा पनि रौतहट जिल्ला प्रहरीको पत्र अनुसार दिनहु प्रहरी हरु घरमा गएर सुरक्षा गर्नुको सट्टा समात्न खोजेको साहले गुनासो गरेका छन्। साह र जैसवालले पर्सा जिल्ला अदालत बाट यहि माघ १८ गते पति पत्नी आफ्नो राजि खुशी स्विकारेको निवेदन दिएकोमा मुलकी देवानी सहिता २०७४ को दफा ७७ बमोजिम र एनको दफा ८०को उपदफा (२) बमोजिम विवाह दर्ता प्रमाण पत्र प्राप्त गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश