CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लामखुट्टे आतंकका कारण स्थानिय लाइ सास्ती नियन्त्रण गर्न भएन पहल

फेटा GP PSA
463
सिम्रौन्गढ़ नपा psa

रौतहट, गरुडा ।

रौतहटको मध्यमा अवस्थित गरुडा नगरपालिकाको जनता अहिले लामखुट्टेको आतंकबाट त्रसित बनेका छन् ।गर्मीको सुरुवातसँगै बढेको लामखुट्टे नियन्त्रणका लागि गरुडा नगरपालिकाले कुनै पहल नगरेको कारण स्थानीय पिडित बनेका छन् । गरुडा ना .पा मा राती मात्र नभइ दिउँसोमा पनि लामखुट्टेको टोकाई का कारण पिडित भएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तर, नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि काम सुरु गरेको छैन ।गत माघको अन्तिम हप्ता देखि सुरु भएको गर्मी संगै लामखुट्टे का कारण पनि स्थानिय लाई सास्ती खेप्न बाध्य बनाएको छ । नगरपालिकाले लामखुट्टेको समस्या बारे जानकारी हुँदाहुँदै पनि नियन्त्रणका लागि औषधी छर्किन कार्य सुरु नगरेको गरुडा नगरपालिकाको वार्ड नं–४ का स्थानिय लक्षमण रामले बताउछन ।समयमा औषधी नछर्किदा लामखुट्टेको टोकाईबाट विभिन्न किसिमको रोग लाग्ने सम्भवना पनि बढ्दै गएको रामले दुखेसो पोखेका छन ।

नगरपालिकाले सरसफाइमा उल्लेखनीय सुधार भएको दावी गरेपनि लामखुट्टेको आतंक नघट्नुले नगरपालिकाको दावी माथि विश्वास गर्ने आधार गुमाउँदै गएका छन । ठाउँ–ठाउँमा थुपारिएको फोहर समयमा सरसफाई नहुँदा लामखुट्टे उत्पादन गर्ने फ्याक्ट्री बन्दै गएको रामको भनाई छ । गत वर्ष नगरपालिकाले छर्केको औषधि पनि लामखुट्टे नियन्त्रणमा खासै प्रभावकारी नदेखिएको स्थानीयको भनाइ छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश