विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नगर प्रमुख शाह द्वारा रामनवमीको शुभकामना व्यक्त

सिम्रौन्गढ़ नपा psa

अजय मिश्र, कपिलवस्तु,

कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले चैत्र रामनवमीको शुभकामना व्यक्त गरेका छन् l हिन्दू हरूको प्रमुख पर्व मध्ये रामनवमी प्रमुख पर्वको रुपमा मनाइने भएकाले नगरवासी लगायत शिक्षक, विद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । नगर प्रमुख शाहले रामनवमीको अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

राम मन्दिरहरुमा विहानैबाट घुँईचो रहने गर्दछ, आजको यस चैत शुक्ल नवमी धार्मिक, सांस्कृतीक अनि सामाजिकरुपमा वास्तवमै अत्यन्त महत्पूर्ण छ । बुवा दशरथको आज्ञा पूरा गर्नकालागि १४ वर्षसम्म वनवास जान मुस्कुराएरै तैयार हुने यिनै राम, जसको नाम अनि जीवनमा आधारित प्राचिन हिन्दू धर्म ग्रन्थ रामायण लेखिएको छ । यिनै रघुवंशी सत्यवक्ता, मर्यादा पुरुषोक्तम अनि ज्ञानी राम नामको कृपाले हामीसबैमा सत्यमार्गको द्वार खुलोस् भने शाहले कामना गरेका छन्।

त्रेतायूगमा चैत्त शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियाली आज हजारौं वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाईन्छ । चैत्र शुक्ल पक्षको नवमीको दिनलाई धार्मिक तथा संस्कृति दृष्टिले महत्वपूर्ण पर्व मानी श्री रामचन्द्रको मुर्तिको बाया पट्टि सीताको मुर्ति राखि श्रद्धा पूर्वक दियो, कलश, गणेश स्थापना गरी रामचन्द्र र सीता लाई आवाहन गरी आशनमा राखि अर्घ, जल, चन्दन, अक्षता, फुल, फल, धुपमा दिप नैव्यद्य चढाई पुजा गरी हातमा फूल लिई प्राथना गने गरिन्छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed