विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

(जसपा) वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष शेख रुस्तम पार्टी परित्याग, नेपाली काङ्ग्रेसमा प्रवेश

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा । 

समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष शेख रुस्तमले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा रुस्तमसहित १ सयभन्दा धेरैले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

रुस्त्मको नेतृत्वमा दाउत अन्सारी, लखन अन्सारी, जहुर हवारी, फिरोज हवारी, अरमान शेख, नेयाज अन्सारी, वडा नं. १३ की निर्वाचित महिला वडा सदस्य विगन देवी लगायतले काङ्ग्रेस रोजेको वीरगञ्ज १३ का बुथ सभापति कविर अन्सारीले जानकारी दिए ।

नव प्रबेशीहरुलाई नेपाली काङ्ग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, संविधान सभा सदस्य अनिल रुंगटा, महाधिवेशन प्रतिनीधि प्रकाश उपाध्याय, जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, क्षेत्रिय सभापति अरविन्द गुप्ता लगायतले फुल माला र अविरको टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed