विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले भारतसँगको नाका घटाइने

कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले भारतसँगको नाका घटाइने

सिम्रौन्गढ़ नपा psa
Share This

काठमाडाै‌ / संवाददाता
विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अबेर राती लिइएको निर्णयले विदेशी पर्यटकहरूसँगै गैरआवासीय नेपाली मुख्य रूपमा प्रभावित हुनेछन्। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेपछि उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसेको थियो। सार्वजनिक गरिएको निर्णयमा १९ वटा बुँदा छन्। जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको छाप छ।

भिसामा रोक, विकल्प के

जसको पहिलो बुँदामा विदेशीहरूलाई दिइँदै आएको अन अराइभल भिसा ३० एप्रिलसम्मको निम्ति स्थगित गरिएको उल्लेख छ। उक्त निर्णय १४ मार्चको मध्यरातबाट लागु हुनेछ। भिसा लिइसकेका विदेशीले नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्र गरिएको स्वास्थ्य परीक्षणको प्रमाण पत्र प्रस्तुत गर्नुपर्नेछ। गैरआवासीय नेपालीहरूलाई परिचय पत्रका आधारमा दिइने त्यस्तो भिसा पनि सोही अवधिको निम्ति स्थगित गरिएको छ।

तर अत्यावश्यक कामको निम्ति नेपाल आउनुपर्दा उनीहरूले नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाण पत्र संलग्न गरेर सम्बन्धित देश वा नजिकको नेपाली नियोगमा भिसा आवेदन दिन सक्ने छन्। मार्च १४ तारिखबाट नेपाल आउने विदेशी, नेपाली वा गैरआवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारन्टीनमा बस्नुपर्ने छ।

Karaiya Mai Notice Winter

विदेशीलाई सेल्फ क्वारन्टीन र नेपाली तथा गैरआवासीय होम क्वारन्टीनमा रहन भनिएको छ। सरकारले विदेशमा रहेका नेपालीलाई अत्यावश्यक काममा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ। नेपालमा आठवटा देशका नागरिकलाई अन(अराइभल भिसामा रोक लगाएकाे छ ।
स्थलमार्गबाट सबैभन्दा धेरै विदेशी नेपाल भित्रिने बेलहिया नाकामा पनि कडाई गरेकाे छ ।
भारतसँगको नाका खुम्च्याइने
सरकारले नेपाल र भारतबीच हुने आवागमनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको छ। निर्णयमा ुभारतीय पक्षसँग समन्वय गरी निश्चित विन्दुहरूबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाउनेु भनिएको छ।

त्यसको निम्ति अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयसँग सहकार्य गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइएको छ।

त्यस्तै सरकारले अर्को सूचना जारी नहुँदासम्मका निम्ति वैदेशिक रोजगारीमा जान दिइने श्रम स्वीकृति पनि स्थगित गरेको छ।

सरकारले यो वर्षको बसन्त ऋतुमा पर्वतारोहण गर्न जारी गरिएका वा गरिने अनुमतिपत्रका साथै नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगित गरेको छ।
ठूलो सङ्ख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य र मेला महोत्सवमा सहभागी नहुन सर्वसाधारणलाई सरकारले आग्रह गरेको छ।

आज को ब्लास्ट दैनिक मा लेखिएको

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed