विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोनाले उपजायो प्रश्न : राष्ट्रियता कि मानवता ?

सिम्रौन्गढ़ नपा psa

लेखक : आकाश गजुरेल, काठमांडौ ।

कोरोनाले खडा गरेको राष्ट्रिय विपदको बेलामा विभिन्न राजनीतिक दलहरूले गर्दै आएको आलोचना लाई तपाईँले कसरी लिनुभएको छ ?

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

एक पार्टीको व्यक्ति भएर अर्को पार्टीको आलोचना गर्नु स्वाभाविक हो, तर मेरो त्यो मनसाय छैन, जे गलत छ, त्यो गलत छ। भोलिको दिनमा यदि कुनै पार्टीले राम्रो कुरा गर्न लागेको छ र जनता त्यसको विरोध गर्छन भने पनि म त्यो पार्टीको लागि सडकमा उत्रिन तयार छु।

विकास जसले गर्दा पनि हुन्छ तर बिकास देशको हुनु पर्यो । यदि देशको हितको विपरीत काम गर्छ भने विरोध मात्र होइन म हतियार उठाउन पनि तयार छु । अहिलेको अवस्थामा पार्टीको झण्डा भन्दा माथि देशको झण्डा भन्दा पनि माथि विश्व बन्धुत्वको नाताले मानवताको लागि लड्न आवश्यक देखिन्छ।

कोरोनाको त्रास विश्व भरि फैलिएको अवस्थामा सानो सानो कुराको टिक्का टिप्पणी गर्दे कुनै पनि राजनीतिक दलले राजनीतिक विभेद गर्ने कार्य गर्छ भने म त्यस पार्टी लाई कदापि राम्रो मान्दिन । कोरोनाले मानिसलाई मानवताको पाठ सिकाउने कुरामा भने म विश्वस्त छु ।

Karaiya Mai Notice Winter

देशको लागि, जातको लागी, धर्मको लागि, हामी नेपाली सधैं लड्दै आइरहेका छौ । यो पहिलो पटक हो देश, जात, धर्म इत्यादि सबै लाई भुलेर मानिस मानवताको लागि लड्दैछन।
राष्ट्र र राष्ट्रियता भन्दा माथि कहिल्यै नउठ्ने हामी आज विश्व शान्तिको लागि दिप प्रजोलन गर्न थालेका छौँ ।

आज कोरोना सबैलाई एउटै पाठ सिकाउन आएको छ, मानवताको पाठ चिडियाखानामा रमाएर बसेको देखिने जिवजन्तु वास्तवमा कति दुःखी रहेछन भन्ने कुरा सबै मानव जातिले अनुभव गरिसके। आज सफा अनि सुन्दर सडक देख्दा, फोहोर गर्ने हामी आफै रहेछौँ, फोहोर गर्न नेपाल सरकार आउने रहेनछ भन्ने कुरा पनि सबै नेपाली जनताले अनुभव गरिसके।

हाम्रो छिमेकी राष्ट्र भारत हामीलाई कहिल्यै मन परेन, आज हरेक नेपाली बिहान उठ्छ नेपालको भन्दा अगाडि भारतको कोरोना अहिलेको सङ्ख्या हेर्छ, आफू मर्ने डरले भनु वा मानवता । कहि न कहि मानवता झल्किएको भने अवश्य छ।

भिखारी लाई भिख दिन नमान्ने ति हात, आज आफै अलमल्ल छन, मानिस आफै दुःखीको धरदैलो राहत बाड्दै हिडेका छन । मानवता एउटा सपना भएको थियो आज देख्न पाउदा एक्दमै खुसी अनुभव भइरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed