विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उजुरी वा जानकारीको भरमा प्रजिअ तथा बारा प्रहरी प्रमुख

सिम्रौन्गढ़ नपा psa
Share This

कलैया, बारा।

उजुरी वा जानकारीको भरमा प्रजिअ तथा बारा प्रहरी प्रमुखले अगाडी बढ्ने बताएका छन् । विश्व व्यापी रूपमा फैलिएका कोरोना भाइरसको उच्च जोखिममा रहेकोेले हाल नेपाल सरकारले लगाएको लकडाउनको आज २५औ दिन भएको अवस्था रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लकडाउनको कारण धनी गरिब तथा अति विपन्न सबैको अवस्था अब एकै समान हुन पुगेको छ। जसको फाइदा उठाउदै दैनिक उपभोग खाद्य वस्तुका व्यपारीले चर्को मुल्यमा हरेक समानहरु बिक्री गरेकोले निम्न तथा अति विपन्नले अतिनै मारमा परेका छन् ।

दैनिक खाद्यान्नको किनमेलमा भैरहेको कालोबजारी बारे प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडित तथा बारा जिल्ला प्रहरी प्रमुख कृष्ण प्रसाद पंगेनिले भने हामीलाई जानकारी कसैले गराएको वा उजुरी गरेमा हामी कार्यवाही गर्छु । तर आफू जिम्मेवार भएर पनि अनुगमन गर्ने बारे केही आफ्नो धारणा नराखी कुरा लाई बिराम दिएका थिए ।

उपभोक्ता मंच नेपाल बाराका अध्यक्ष प्रवेश चौधरीले cinnepal.com संग कुरा गर्दै भने कालोबजारीमा केही नियम हुन्छ जसको अनुसार कार्यवाही हिनेहो। चौधरीले आफू बाणिज्य तथा आपूर्ति मंत्रालयका डिजि नेत्र सुवेदी संग टेलीफोन मार्फत कुरा गर्दा कालो बजारी गर्ने बारे कुनै जानकारी नभएको र तपाईले यसबारेमा जानकारी गराएकोमा धन्यवाद नियम कानुन भए तापनि जानीजानी यस्ता अखाद्यय बस्तु वितरण गरेका व्यक्ति लाई हदै सम्म कार्यवाही हुने जानकारी गराएको चौधरीले बताए।

Karaiya Mai Notice Winter

यस विषयमा थप जानकारी लिन पर्सा जिल्लामा रहेकोे बाणिज्य कार्यालय संग सम्पर्क गरि सत्यतथ्य बझी यसबारे आवस्यक प्रक्रिया अगाडी बढाउने बताए । अखाद्यय वस्तु प्रमाणीत भएमा निम्न बमोजीम सजाय हुने छ ।

दुषित खाद्य पदार्थ उत्पादन , विक्री वितरण , निकासी वा पैठाडी गरने ब्यक्तीलाई रु. ५०००÷— देखी रु. १०,०००÷— सम्म जरीवाना वा १ वर्ष देखी २ वर्ष सम्म कैद वा दुवै सजाय हुन सकने छ । कुनै दुषित खाद्यय पदार्थ खानाले कुनै ब्यक्ती को मृत्यु हुने सम्म भावना भएमा वा मृत्यु भएमा वा शरीर लाई अपूरनीय क्षती भएमा वा हुने सम्भावना भएमा त्यस्तो दुषित खाद्यय पर्दाथ उत्पादन वा विक्री वितरण गर्ने ब्यक्ती लाई रु . १०,०००÷— देखी रु. २५,०००÷— सम्म जरीवाना र ३ वर्ष सम्म कैद हुन सकने छ र निजले सो प्रदुषित खाद्यय पदार्थ वाट प्रभावित ब्यक्ती वा निजको हकदारलाई रु. २५,०००÷— देखी रु. १,००,०००÷—  सम्म क्षतिपूर्ति दिनु पर्ने जस्ता प्रावधान रहेको छ।

कलैया उप-महानगरपालिकाले वितरण गरेको खाद्यान्न त्रुटिपूर्ण रहेको अर्थात खाने योग नरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले पुष्टि गरेको छ।

अब संबंधित नियायले कुन प्रकारको कार्यवाही हुनेहो भन्ने बारेमा उपभोक्ता मंच नेपालले निगरानी गर्ने बाराका अध्यक्ष चौधरीले बताए ।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed