विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटको पुजारी हत्यामा दुई अभियुक्त प्रकाउ 

सिम्रौन्गढ़ नपा psa

 

उदय तिवारी

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रौतहट

Karaiya Mai Notice Winter

जिल्ला रौतहट माधवनारायण न.पा. वडा नं. २ खेसरहिया चौक स्थित रहेको हनुमान मन्दिरको पुजारी वर्ष ६५ को श्री राम साहको मिति २०७७।०५।०३ गते अं. २०:३० बजेको समयमा अज्ञात व्यक्तिले  गोली प्रहार गरी हत्या गरी फरार रहेको देवाही गोनाही न.पा. वडा नं. १ करुनिया बस्ने वर्ष ३६ को नरेश भन्ने राम नरेश राउत पटेल तथा सोही बस्ने वर्ष २८ को बाल कुमार पटेल लगायत केहि अन्य व्यक्तिहरु पनि निज पुजारीको हत्यामा संलग्न रहेको भन्ने अनुसन्धानको शिलशिलामा खुल्न आएको छ।   राम नरेश राउत पटेल र बाल कुमार पटेललाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले बौधिमाई न.पा. वडा नं. ७ वडकी बंकुलबाट बुधवार विहान १०:०० बजे पक्राउ गरि अनुसन्धान गर्दा  अनुसन्धान गर्दा राम नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटना स्थित नजिक रहि मानिसको आवत जावतलाई निग्रानी गरेको भनि निजहरुले अपराध स्विकार गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
हत्या किन गरिएको भनि अनुसन्धान गर्दा  राम नरेश पटेलको बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको थियो। मन्दिरको नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुने, पानी खाने र घटना हुनु भन्दा ३ दिन अघि राम नरेश पटेल र पुजारी बिच बिवाद पनि भएको थियो र गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा मृतक पुजारीले फरक मत राख्ने हुनाले पुजारी र राम नरेश पटेल लगायत अन्य धेरैसँग पनि वादविवाद भएको देखिन्छ।यस घटनामा संलग्न अन्य फरार रहेको अपराधिको खोजी भई रहेको छ। पक्राउ परेको अभियुक्तहरुलाई सम्मानित जिल्ला अदालत गौर बाट १० दिनको म्याद थप भई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारि गराएकोछ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed