विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जन्मसिद्ध नागरिक्ता भएका नागरिकका छोराछोरीलाई नागरिक्ता दिने, सेटिङमा सर्वोच्चको अध्यादेश

सिम्रौन्गढ़ नपा psa
Share This

कलैया, बारा।

केपि ओलिको सरकारमा १८ दिन रहंदा आफुहरुले नागरिक्ता सम्बन्धि अध्यादेश जारी गर्न लगाएको तर तिनै ओलि र कांग्रेस, माओवादी मिलेर अदालत संगको सेटिङमा अध्यादेश माथि रोक लगाएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का बरिष्ठ नेता एवं उप-प्रधानमन्त्री राजेन्द्र महतोले बताए। महतोले भने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी संगको सेटिङमा सर्वोच्च अदालतले जन्मसिद्ध नागरिक्ता भएका नागरिकका छोराछोरीलाई नागरिक्ता दिने अध्यादेश रोकेको आरोप लगाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बारा जिल्लाको होटेल करण राज पैलेसमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा वरिष्ट नेता मा.राजेन्द्र महतोले भने संबिधानमै नेपाली नागरिक्ता भएका नागरिकका संतानलाई बंशज नागरिक्ता दिनुनर्पे उल्लेख भए तापनि मधेश बिरोधि तिनवटै पार्टी मिलेर बिगत ५ वर्षदेखि हजारौं मधेसि युवाहरु लाई नागरिक्ता बिहिन बनाएको महतोले आरोप लागेका हुन्। लोसपा बारा द्धारा कलैयामा आयोजित अगुवा कार्यकर्ता भेला लाई सम्बोधन गर्दै नेता महतोले मधेशको भलो नचाहने तिनवटै ठुला दल मधेश बिरोधि भएको बताए ।

‘नागरित्ता बाट बञ्चितहरु लाई नागरिक्ता उपलब्ध गराउन हामिले ओलि सरकार संग अध्यादेश जारि गर्न लगायौं’, ‘तर ओलि, कांग्रेस र माओवादीले हामि बिरुद्ध षड्यन्त्र गरेर अदालत संगको सेटिङमा रोक लगाएको महतोले भने।’अदालत कसको सेटिङमा चल्दो रहेको छ, भन्ने कुरा सर्वोच्चको लफडाले छर्लङग देखिन्छ। नेता महतोले प्रधानन्यायाधिश जबराले अदालतको गरिमा माथि प्रहार गरेको समेत बताए ।

Karaiya Mai Notice Winter

जिल्ला अध्यक्ष सन्तोष पटेलको अध्यक्षतामा महतोले भने, कांग्रेस लाई सत्तामा स्थापित गरिदिने सेटिङकै लागि सरकार र संबैधानिक आयोगमा भाग लिने न्यायाधिशहरु लाई कानुनी कठघरामा उभ्याउनुनर्पे समेत आग्रह गरे। 

एक अको प्रसंगमा बोल्दै नेता महतोले वर्तमान सरकार स्वार्थ र सत्ताभोगको लागि मात्रै गठन भएको भन्दै गठबन्धनको भविष्य नभएको बताए। जसपा अध्यक्ष उपेन्द्र यादवप्रति ईङिगत गर्दै महतोले भने, मधेशि जनता लाई अपमानित गर्दै उपेन्द्र यादव १८ महिना ओलि सरकारमा बसेर सिंको समेत भाच्न नसेको तर ‘हामि १८ दिन सरकारमा बस्दा मधेश आन्दोलमा मुद्दा लगाईएका १ सर ३९ जनाको मुद्दा फिर्ता गरायौ’,– महतोले भने ‘तर उपेन्द्र यादव १८ महिना मन्त्री हुंदा मधेशको मुद्दा बिर्सिएर सत्तामै रमाए र अपहेलित भई निकालिए ।’

कार्यक्रममा पुर्व जितेन्द्र सोनल प्रदेश न.२ को केन्द्रिय सदस्य डा.कमरुल्लाह अंसारी जियालाल ठाकुर शयाम गुप्ता गणेश साह पिंकि यादव जिल्ला सचिव श्री अनिल कुमार साह एवं जिल्ला भरिका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन परमानन्द मुखियाले गरेका थिए।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed