विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेशीक अस्पताल कलैया स्वास्थ्य विमा प्रति गैर जिम्मेवार विमार भएकाहरू काड लिएर भौतारिदै

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा।

बाराको सदरमुकाम कलैयाको  प्रदेशिक अस्पतालमा स्वास्थ्य विमा गरेकाले समस्यामा परेका छन । स्वास्थ्य विमा रहेकाले विमारी पर्दा जुन सुकै बेला कार्ड लिएर गई उपचार गराउन सक्ने छन। प्रदेशिक अस्पताल कलैयामा विदा परेको दिन र रात्रीकालीन स्वास्थ्य विमा रहेको विमारी लाई सेवा दिन सकेको छैन। विमा ईकाईमा रहेका तीन जना कर्मचारी अनिल चौरसिया, राजु सहनी र ऋषि साहले उपचार गराउन आएका सेवाग्राहीहरु लाई राम्रो व्यवहार नगर्ने गरेको कलैया २ औधापुरका राजकुमार यादव गुनासो गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

चौरसिया करार कम्पयुटर अपरेटर र सहनी करार कार्यालय सहयोगी डेली रोज डोर हाजिरमा, अनि साह अस्पताल विकास समिति बाट कार्यरत रहेका छन।  तिहारको विदा देखि छठ सम्मको एक हप्ताको समयमा विमाको कार्डबाट उपचार गराउन सकेको छैन कलैया ३ का रमेश साहले जनकारी गराएका हुन। प्रदेशीक अस्पताल कलैयाका विकास समितिका अध्यक्ष प्रकाश चौगाईसंग बुझदा विमा ईकाईमा रहेका कर्मचारीसंग बुझने र समस्या समाधानका लागि पहल गर्ने बताए।

Karaiya Mai Notice Winter

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद जायसवालसंग फोन मोवाईल नम्वर ९८६०३०९८७० मा  सम्पर्क गरि प्रतिक्रिया लिन खोजदा उठाउनु भएन। स्वास्थ्य विमा प्रदेशिक संयोजक महेश ठाकुरसंग बुझदा अस्पतालसंग भएको समझौता अनुसार विरामीलाई उपचार गर्नु पर्ने हो विदाको दिनमा पनि स्वास्थ्य विमा अनुसारको सेवा दिनु पर्छ र त्यसको व्यवस्था अस्पतालले वा जिमेवार प्रमुखले गर्नु पर्ने बताए। कार्डको समय अवधि वा विमा कार्ड दिएको छैन त्यो विमा समितिको जिमेवार हुने छ संयोजक ठाकुरले बताए।

जिल्लामा स्वास्थ्य विमाको कार्यालय रहेको र यो समस्याको कुनै जनकारी नआएको, आएको भए अस्पताल संगको सम्झौता सम्बन्धि कुरा उठने थियो संयोजक ठाकुरले जनकारी गराएका हुन। स्वास्थ्य विमाको कलैया कार्यालय इन्चार्ज रूषतम अंसारीको मोवाईल नम्वर ९८०४२५२४७० मा सम्पर्क गर्न खोजदा फोन उठन सकेन। स्वास्थ्य विमा कार्ड लिएर आउने सेवाग्राहीले हामीहरूको पीडा सम्बनधीत निकाय समक्ष पुर्याउन पहल गरिदिन गुनासो पोख्दै आएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed