विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भ्रममा नपरौ, अस्पतालको बदनाम गर्ने काम बन्द गरौ : सूर्य हस्पिटल

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा।

वीरगञ्जको बिर्तास्थित सूर्य हस्पिटलको विषयमा सञ्चार माध्यममा आइरहेका समाचारप्रति अस्पताल परिवारले आपत्ति जनाएको छ । विभिन्न सञ्चार माध्यमहरुले भ्रामक समाचार सम्प्रेषण गरेर अस्पतालको बदनाम गरीरहेका अस्पताल प्रशासनको दावी छ । अस्पतालले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै भ्रामक समाचार सम्प्रेषण गरेर अस्पतालको छबि बिगार्ने काम गरेको भन्दै आपत्ति जनाएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अस्पतालबाट प्रवाह हुने सेवा तथा उपचारमा कुनै कमी कमजोरी भेटिए छानबिन गर्ने सम्बन्धित निकायमा प्रमाणसहित पेश गर्न आग्रह गर्दै अस्पतालले छानबिनमा सहयोग गर्ने पनि विज्ञप्तीमार्फत जानकारी गराएको छ । अस्पतालले सबै प्रक्रिया पूरा गरेर नियमित सेवा प्रदान गरीरहेको र विभिन्न जटिल किसिमका बिरामीको पनि सफल उपचार गरेको उदाहरण सबैलाई सर्वबिदितै भएको हुँदा अस्पतालको नाम जोडेर भ्रम फैलाउने काम नगर्न आग्रह गरिएको छ ।

यस्तै अस्पतालका चिकित्सक डा. सरोज सिँहलाई पक्राउ पुर्जी जारी भएको भन्ने खबरमा कुनै सत्यता नभएको पनि अस्पतालले विज्ञप्तीमार्फत स्पष्ट पारेको छ । उक्त खबर पूर्ण रुपमा निराधार र अफवाह रहेको बताउँदै अस्पतालले भ्रमको पछाडी नलाग्न आग्रह गरेको छ । सोही विज्ञप्तीमार्फत अस्पताल हाल निर्वाद रुपमा सञ्चालनमा रहेको पनि जानकारी गराइएको छ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed