विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

राजेशमानलाई जिताउने उद्घोष गर्दै २५० जनाले गरे जसपा प्रवेश

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, १० वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले वीरगञ्ज महानगरपालिका वडा नम्बर १ मा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अढाई सयजनाले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजन गरिएको कार्यक्रममा वडा नम्बर १ को विभिन्न टोलका २ सय ५० जनाभन्दा बढीले जसपा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले फुलमाला र टिका लगाएर स्वागत गरेका थिए ।

karaiya holi 2082

उनीहरुलाई स्वागत गर्दै नेता सिंहले वीरगञ्जको विकास जसपा बहेको पार्टीले नगर्ने सक्ने दावी गरे । जसपासँग वीरगञ्जलाई विकास गरेर एउटा अत्याधुनिक शहर निर्माण गर्ने गुरुयोजना भएको बताउँदै उनले पार्टीका उम्मेदवारहरुलाई छाता छापमा मतदान गरेर विजयी गराउन अनुरोध गरेका थिए ।

Prasauni holi 2082

त्यसैगरी सिंहले अघिल्लो पटक निर्वाचित भएर वीरगञ्जको मेयर बनेका व्यक्तिले शहरको विकासलाई २० वर्ष पछाडि धकेलेको आरोप लगाउँदै भने, ‘नगरवासीले वीरगञ्जलाई विकास गर्ने जिम्मा दिएर पठाएको व्यक्तिले कुनै काम नगरेर उल्टै विकासको गतिलाई कम गरेको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि उसले महानगरलाई नरकपालिका बनाई दिएको छ । हामीले उसलाई अब आफ्नो मतदानको शक्तिबाट बाहिर फ्याक्नु पर्छ र वीरगञ्जलाई विकास गर्ने व्यक्तिलाई निर्वाचित गर्नु पर्छ ।’

जसपाबाट वडा नम्बर १ का वडा अध्यक्षका उम्मेदवार वैजनाथ प्रसाद साह (वैजु साह) को सभापतित्वमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य जनार्दन यादव, नेता मुकेश द्विवेदीलगायातको आफ्नो मन्तव्य राखेका थिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed