विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा भव्य र्‍याली सम्पन्न

सिम्रौन्गढ़ नपा psa
Share This

वीरगञ्ज । विश्व साइकल दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जले “स्वस्थ रहनुहोस्, साइकल चलाएर फिट रहनुहोस्” भन्ने मूल नाराका साथ भव्य साइकल र्‍यालीको आयोजना गरेको छ।

र्‍यालीमा नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्ज, वीरगञ्ज साइकल क्लब, बारा राइडर्स संघ जीतपुरसिमरा, तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर लगायतका विभिन्न सहयोगी संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, सदस्य डा. बिपि यादव, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान सहित संघ–संस्थाका पदाधिकारी एवं सदस्यहरूको सक्रिय उपस्थिति थियो।र्‍यालीको अध्यक्षता भारतीय महावाणिज्य दूतावास वीरगञ्जका प्रमुख डि.एस. मिनाले गर्नुभएको थियो।जम्मा ७५ जना सहभागी रहेको साइकल र्‍याली भारतीय महावाणिज्य दूतावासको गेटबाट सुरु भई घन्टाघर, वीरगञ्ज भन्सार अगाडि, शंकराचार्य गेटसम्म गई पुनः दूतावासकै गेटमा आएर समापन गरिएको थियो। र्‍यालीको कुल दुरी ८ किलोमिटर रहेको थियो।आयोजकका अनुसार, यो कार्यक्रमले शारीरिक स्वास्थ्य, वातावरणीय सन्तुलन, र दिगो जीवनशैलीप्रति जनचेतना फैलाउने लक्ष्य राखेको छ।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.