विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगञ्जमा “समुदायमा सरकारी वकिल” कार्यक्रम सम्पन्न, विद्यार्थीहरूलाई कानुनी सचेतनामा अभिवृद्धि

सिम्रौन्गढ़ नपा psa
Share This

वीरगंज – पर्सा जिल्ला सरकारी वकिल कार्यालयको आयोजनामा वीरगञ्जस्थित डेसिमल कलेजमा “समुदायमा सरकारी वकिल” शीर्षकको एक दिवसीय जागरूकता कार्यक्रम बुधबार सम्पन्न भएको छ।

कलेजको कक्षा १२ मा कानुन संकायमा अध्ययनरत ८० जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा अदालत र समाजबीचको सम्बन्ध उजागर गर्न महत्वपूर्ण योगदान पुगेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता अनन्तराज न्यौपाने र उर्मिला कोज्युले सरकारी वकिलको काम, कर्तव्य र भूमिकाबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनीहरूले सरकारी वकिलले समाजमा न्याय सम्पादनमा खेल्ने भूमिका, कानुनी प्रक्रिया, तथा नागरिकका अधिकारबारे स्पष्ट पारे।

त्यसैगरी, जिल्ला सरकारी वकिल कार्यालयका नायब सुब्बा कृष्ण बिहारी राय यादवले कानुनी शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै कानुनी ज्ञानले व्यक्ति आफ्ना अधिकार र कर्तव्यप्रति सचेत हुने र समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि डेसिमल कलेजका संस्थापक सन्नी दूबेले सरकारी वकिल कार्यालयको पहलले विद्यार्थीहरूलाई कानुनी क्षेत्रमा व्यावहारिक ज्ञान हासिल गर्न तथा समाजमा न्यायको महत्त्व बुझ्न प्रेरणा दिएको बताए।

Karaiya Mai Notice Winter

कक्षा १२ का कानुन संकायका विद्यार्थीहरूले कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले सरकारी वकिलको कार्यक्षेत्र, अदालती प्रक्रिया, र समाजमा कानुनको भूमिकाबारे प्रत्यक्ष रूपमा जानकारी पाएको बताए। एक सहभागी विद्यार्थीले भने, “यो कार्यक्रमले हामीलाई कानुन र समाजबीचको सम्बन्ध बुझ्न धेरै सहयोग गर्‍यो। भविष्यमा कानुनी क्षेत्रमा काम गर्ने हाम्रो सपनालाई यसले थप प्रेरणा दिएको छ।”

जिल्ला सरकारी वकिल कार्यालय, पर्साले कार्यक्रममार्फत युवा पुस्तामा कानुनी सचेतना अभिवृद्धि गर्ने तथा सरकारी वकिलको भूमिकाबारे जानकारी दिने उद्देश्य राखेको थियो। कार्यालयका प्रतिनिधिहरूले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

कार्यक्रमको समापनमा जिल्ला न्यायाधिवक्ता निरौलाले सहभागी विद्यार्थी, कलेज प्रशासन तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गरे। उनले कानुनी क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूलाई मेहनत, अनुशासन र लगनशीलताका साथ आफ्नो लक्ष्यमा पुग्न प्रेरित गरे।

यस कार्यक्रमले वीरगञ्जको शैक्षिक समुदायमा कानुनी जागरूकता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। डेसिमल कलेजले पनि यस्ता सामाजिक र शैक्षिक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको छ।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.