विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सगरमाथा एकेडेमीमा नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई सम्मान

नेतृत्व विकासका लागि अनुशासन, शैक्षिक प्रगति र सामाजिक सीपलाई आधार

सिम्रौन्गढ़ नपा psa
Share This

वीरगञ्ज – वीरगञ्ज-१२ मा अवस्थित सगरमाथा एकेडेमीले नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई विशेष सम्मानका साथ भेष्ट, ब्याच, खादा र फ्लेक्स बोर्ड प्रदान गरेको छ। विद्यार्थी परिषद् निर्वाचन २०८२ अन्तर्गत जेठ २० गते सम्पन्न निर्वाचनमार्फत चयन गरिएका प्रतिनिधिहरुलाई मंगलबार एक भव्य समारोहबीच सम्मान गरिएको हो।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक श्री जियालाल गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका शिक्षा शाखा प्रमुख आनन्द लामिछानेको उपस्थिति रहेको थियो। कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य श्री अरविन्द सिंह, प्याब्सन नगर सचिव शेख अजहर, पत्रकार दिपु वर्णवाल, ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी निरीक्षक गुणनिधि खकुरेल, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रमका संयोजक शिक्षक संजीव यादवले कक्षा १ देखि १० सम्मका २२ जना विद्यार्थीलाई कक्षा मनिटर र सहायक मनिटरको रूपमा चयन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिनिधि चयनमा शैक्षिक प्रगति, अनुशासन, सामाजिक सीप र शिक्षकको सिफारिसलाई मुख्य मापदण्ड बनाइएको हो। “यो प्रक्रिया नेतृत्व विकासको आधार बन्ने विश्वास लिएका छौं,” उहाँले भन्नुभयो।

Karaiya Mai Notice Winter

नवनियुक्त प्रतिनिधिहरूमा हेड ब्वाय/गर्ल, डिपुटी हेड ब्वाय/गर्ल, कार्यक्रम संयोजक, अनुशासन संयोजक, अतिरिक्त क्रियाकलाप (ECA) संयोजक, हाउस क्याप्टेन तथा भाइस क्याप्टेनहरू समावेश छन्। उनीहरूले विद्यालय प्रशासन र विद्यार्थीबीच सेतुका रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित सगरमाथा एकेडेमीले १६ वर्षदेखिको यात्रामा अनुशासन, नैतिक मूल्य, संस्कार, पारिवारिक र सामाजिक उत्तरदायित्वमा समेत विशेष ध्यान दिँदै आएको छ।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.