विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ज्योतिष परिषद् नेपाल मधेश प्रदेश तदर्थ समितिको अध्यक्षमा आचार्य तिवारी नियुक्त

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

नातन धर्मकै आधारमा यो सम्पूर्ण संसार सञ्चालन भइरहेको यथार्थलाई आत्मसात् गर्दै त्यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ ज्योतिष परिषद् नेपालले मधेश प्रदेश तदर्थ समितिको अध्यक्ष पदमा आचार्य ज्ञानेश्वर कुमार तिवारीलाई चयन गरेको छ। महागढीमाई नगरपालिका २ बरियारपुर निवासी आचार्य (MA) पंडित श्री रामायण तिवारीका जेठो सुपुत्र ज्ञानेश्वर तिवारीले काशी बनारसका सम्पुर्णान्द संस्कृत युनिभर्सिटी बाट २०७५मा आचार्य(MA) उतिर्ण गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ज्योतिष परिषद् नेपालको केन्द्रीय कार्यालय देवघाट क्षेत्र, चितवनबाट जारी गरिएको आधिकारिक पत्रअनुसार परिषद्को विधान, नीति तथा नियमको परिधिभित्र रही सनातन धर्म, वैदिक संस्कृति र ज्योतिष शास्त्रको निरन्तर संरक्षणका लागि सक्षम र अनुभवी नेतृत्व आवश्यक रहेको निष्कर्षसहित नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ।

Karaiya Mai Notice Winter

परिषद्का अनुसार सनातन धर्म केवल धार्मिक आस्था मात्र नभई जीवन पद्धति, संस्कार, संस्कृति र सामाजिक व्यवस्थाको मूल आधार भएकोले यसलाई जसरी भए पनि संरक्षण गर्नु आजको आवश्यकता रहेको ठहर गरिएको छ। यही मूल मान्यतालाई व्यवहारमा उतार्न सक्ने नेतृत्वका रूपमा आचार्य तिवारीलाई मधेश प्रदेश तदर्थ समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

नव नियुक्त अध्यक्ष आचार्य तिवारीको नेतृत्वमा मधेश प्रदेशभर वैदिक ज्योतिष शास्त्रको अध्ययन–अनुसन्धान, धार्मिक संस्कारको प्रवर्द्धन, युवा पुस्तालाई सनातन संस्कृतिप्रति आकर्षित गर्ने कार्यक्रम तथा संगठन विस्तारलाई प्राथमिकता दिइने परिषद्ले जनाएको छ।

ज्योतिष परिषद् नेपालले सनातन धर्म, वैदिक ज्ञान र ज्योतिष शास्त्रको संरक्षणमार्फत समाजलाई सकारात्मक दिशा दिन सकिने विश्वास व्यक्त गर्दै मधेश प्रदेशमा परिषद्को गतिविधि थप सशक्त बन्ने अपेक्षा गरेको छ।

आचार्य तिवारीको नियुक्तिलाई मधेश प्रदेशका ज्योतिषविद्, धर्मगुरु, बुद्धिजीवी तथा सनातन धर्मावलम्बीहरूले स्वागत गर्दै सफल र ऐतिहासिक कार्यकालको शुभकामना दिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed