विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रशौनी गाउँपालिकाको १८औँ हिउँदे गाउँसभा सम्पन्न

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

प्रशौनी गाउँपालिकाको १८औँ हिउँदे गाउँसभा गाउँपालिका अध्यक्ष विनोद जैसवालको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा उपाध्यक्ष रेनु देवीको विशेष उपस्थिति रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

२०८२ साल पुस २८ गते सोमबारका दिन गाउँपालिकाको सभाहलमा आयोजित उक्त सभामा पालिकाका कार्यालय प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तव विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। उनले सभामा उपस्थित जनप्रतिनिधि, कर्मचारी तथा आमन्त्रित सबै सहभागीलाई स्वागत गर्दै पालिकाको समग्र प्रशासनिक अवस्थाबारे आफ्नो धारणा राखेका थिए।

Karaiya Mai Notice Winter

सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जैसवालले उक्त गाउँसभाबाट पालिकालाई नयाँ दिशा प्रदान हुने विश्वास व्यक्त गरे। उनले हालसम्म पालिकामा सम्पन्न भएका काम, अधुरा रहेका योजनाहरू तथा आगामी दिनमा गर्नुपर्ने प्राथमिकताका कार्यहरूको समग्र पुनरावलोकन गरिएको जानकारी दिए।

अध्यक्ष जैसवालका अनुसार शिक्षा, स्वास्थ्य तथा प्रत्यक्ष विकाससँग सम्बन्धित क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ भने बाँकी रहेका योजनालाई समेत स्पष्ट मार्गचित्रका साथ अगाडि बढाइनेछ।

सभाका क्रममा पालिकामा देखिएका केही गुनासो र समस्याहरू सम्बन्धमा समेत अध्यक्ष जैसवालले आफ्नै मुखबाट धारणा राख्दै सुधारका लागि आवश्यक कदम चालिने प्रतिबद्धता जनाए।

📌 पालिकामा रहेका गुनासोहरूबारे अध्यक्ष जैसवालले के भने?
पूरा विवरण हेर्न हाम्रो भिडियो/रिपोर्टमा।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed