
कलैया, बारा।
बारा जिल्लाको निर्वाचन क्षेत्र ३मा नेपाली काङ्ग्रेस र रास्वपामा लडाई हुने देखिन्छ। नेपाली काङ्ग्रेसका प्रभावशाली नेता फर्मुल्लाह अंसारी र रास्वपाका अरविन्द साहको बराबर प्रतिस्पर्धा हुने प्रबल संभावना रहे तापनि जसपा नेपाल र जनमत बिचको लडाइ हुने देखिन्छ। तर बाजि कस्को हुने बारे अन्योलतामा पर्दा हटाउन लाई जनता लाई सकस हुने भएको कुरा लाई जनमत वा जसपा जसले सफल हुन्छ त्यसले बाजि मार्न सफल हुने देखिन्छ।



अधार र स्तम्भ हेर्दा काङ्ग्रेसका उम्मेदवार मुस्लिम संगठन बाट भएको र पार्टी संगठन पनि बलियो रहेकोले काङ्ग्रेस लडाईको पहिलो स्थानमा रह्ने अनुमान गर्ने गरिएको छ। तर एमाले काङ्ग्रेसको बिगतका व्यवहारले निरास रहेका युवा शक्तिले स्विकार्दै न स्विकारेको कुरा लाई पनि हेक्का राख्नु पर्छ। त्यस कारण रास्वपाको क्रेजले यी मुख्य दुई पार्टी बिच प्रतिस्पर्धा देखिन्छ।

तर जसपाका उम्मेदवार पनि शालिन स्वभाव र विगतमा सांसद भएको बेला राम्रै काम गरेको र सांसद भवनमा सबै कुरा बारे आवाज उठाएको कुरा पनि समाजिक सञ्जालमा देखिन्छ जुन कुराले मतदाताको घरघरमा पुग्दा मतदाताले जसपा प्रती सहानुभूति रह्ने आस्वासन दिनेगरेको पनि देखिन्छ। रह्यो कुरा जनमत पार्टीलाई के हुने भन्ने बारेमा कुरा गर्दा जनमत पनि राम्रै रहेको कारण जसपा लाई अलि सकस हुने देखिन्छ किनकी पहिला जसपा कै एउटा पाटा रहेका थिए जुन हालको अवस्थामा जनमत अर्थात पार्टी परिवर्तन भएर आफैमा प्रतिस्पर्धा भएको देखिन्छ।
तर यी कुराहरु बारे छिनोफानो गर्न लाई अझै केही समय लाग्छ कि जनता कसको पक्षमा जानेहो। तर केही अनुमान गर्न सकिन्छ। जसपाका उम्मेदवार छाता चिन्ह भएकोले विगतका सबै आन्दोलनमा अग्रनी भुमिका निर्वाह गरेकोले स्मरण शक्तिमा बसोबास गरेकोकुराले छाता प्रती झुकाव हुने प्रवल संभावना रहेकोे देखिन्छ।





