विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहट–१ मा रास्वपाका चौधरी १८ हजारभन्दा बढी मतान्तरले विजयी

सिम्रौन्गढ़ नपा psa

रौतहट ।

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरी विजयी हुनुभएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शुक्रबार बिहानदेखि जारी मतगणनामा सुरुदेखि नै अग्रता कायम राख्दै चौधरीले १८ हजार २५३ मतको फराकिलो मतान्तरले जित हासिल गर्नुभएको हो। कुल खसेको ७१ हजार २०३ मत मध्ये चौधरीले २८ हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिस्पर्धी अजय कुमार गुप्ता (नेपाल कम्युनिस्ट पार्टी एमाले) ले १० हजार ६९३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ।

Karaiya Mai Notice Winter

त्यसैगरी अनिल कुमार झा (नेपाली कांग्रेस) ले ८ हजार ५७४ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ भने माधव कुमार नेपाल (नेकपा) ले ७ हजार ६६९ मत ल्याएर चौथो स्थानमा रहनुभएको छ।

यस्तै योगेन्द्र राय यादव (जनता समाजवादी पार्टी, नेपाल) ले ६ हजार ८४६ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहनुभएको छ।

मुख्य निर्वाचन अधिकृत मनोज के.सी. का अनुसार कुल खसेको ७१ हजार २०३ मत मध्ये ५ हजार १०३ मत बदर भएको छ भने ६६ हजार ५३ मत सदर भएको छ।

मतगणनाको सुरुवातदेखि नै अग्रता लिँदै आएका रास्वपाका उम्मेदवार चौधरी अन्ततः ठूलो मतान्तरसहित विजयी हुन सफल हुनुभएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed.