विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिगतका स्थानीय सरकारले चाहिने प्रमुख आधारभूत आवस्यकताको कुनै विकास नगरेको : अंसारी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बिगतका स्थानीय सरकारले चाहिने प्रमुख आधारभूत आवस्यकताको कुनै विकास नगरेको गापा अध्यक्ष सदाम अंसारीले बताए। अधारभुत कुराहरु भनेको हाम्रो समाजमा सर्व प्रथम शिक्षा ,स्वास्थ्य तथा एक छाक खानाको अभाव रहेको छ। जस मध्ये केहि गर्न नसकेको बताए। प्रमाणका लागि सर्वसाधारण आफै प्रमाण दिने गरेका छन्। शिक्षाको बारेमा हेर्ने हो भने सबैले आ-आफ्नो बालबालिका लाई सरकारी विधालयमा नपढाएर गैर सरकारी विधालयमा पढाउँन बाध्य भएका छन्। स्वास्थ्यलाई हेर्ने हो भने सरकारी अस्पताललाई प्राथमिकता दिएको भए प्राइभेट अस्पतालमा सर्वसाधारणले त्यत्रो खर्चिनु पर्ने अवस्था हुने थिएन । साधारण एउटा हात भाचेर स्टिल लगाउनु पर्ने भएमा कम्तिमा एक लाख सम्म खर्चिनु पर्ने हुन्छ। जुन सर्वसाधारण लाई शिक्षा, स्वास्थ्य तथा अधारभुत आवस्यक्ता लाई परिपुर्ति गर्ने संविधानमा अधिकार सुनिस्चित गरेको छ। जुन सर्वसाधारणले नुन देखि सुन सम्मको खरिदारिमा तिरेको कर बापत सबै सेवा दिने सरकारको दायित्व हुने गर्छ। जुन हालको अवस्थामा स्थानीय होस वा जुन पनि सबै मानव कल्याण नगरेर मात्र निजि स्वार्थमा सिमित भएर विभिन्न प्रकारका घट्ना दुर्घटना गर्न वा गराउन कुनै कसर बाकी राखेको छैन । त्यसै कारण हाम्रो लडाई भन्ने हो भने एक शब्दमा, मानव कल्याणका बिरोधि संग रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यसैले लोकतान्त्रिक समाजवादी पार्टीको विचार संग मेरो विचार मिल्दो जुल्दो भएकोले यस पार्टी बाट उम्मेदवारी दिएको बारा जिल्ला निर्वाचन क्षेत्र न. १ को आदर्श कोतवाल गाउँपालिका प्रमुख पदका उम्मेदवार अंसारी ले बताए। हाम्रो समाजमा विद्धमान समस्याहरु लाई आत्मसात गरि निर्मुल गर्नुको साथै सधैका लागि अन्त्य गर्ने लक्ष्यसाथ अगाडी बढीरहेको अंसारीले बताए।

हालको अवस्थामा चुनावी माहौलमा हाम्रा विधाता मतदान कर्ता संग विनम्र आग्रह एवं अनुरोध छ, कि सत्य र न्यायका लागि हामी लाई निर्वाचनमा निर्वाचित गराउन अपिल गरिरहेको अंसारीले बताए।

त्यस्तै पालिका उप-प्रमुखकी उम्मेदवार प्रतीक्षा गुप्ताले पनि आफ्नो विचार राख्दै भने, हाम्रो नेपालको संविधानमा महिलाको अधिकार ३३% आरक्षित रहे तापनि व्यवहारमा लागू नभएको कुरा व्यवस्थित गर्ने लक्ष्य रहेको र उप-प्रमुखको पद न्ययायीक समितिको संयोजक भएकोले उचित छानबिन गरि न्याय दिन कुनै कसर बाकी नराख्ने गुप्ताले बताइन। चाहे त्यो कुनै विकासको होस वा सेवा सुबिधाको होस, हामी सत्य लाई प्रथ्मिक्ता दिएर मानव कल्याण गर्ने भएकोले हामी लाई साइकल छापमा मोहर लगाएर निर्वाचित गर्न गुप्ताले विनम्र आग्रह गरेकी छिन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed