CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दलित महिला संघकी अध्यक्ष राम जसपा प्रवेश

फेटा GP PSA
406
सिम्रौन्गढ़ नपा psa

बीरगन्ज, २१ वैशाख । बीरगन्ज महानगरपालिका वडा नं १५ स्थित नेपाली कांग्रेसका बुथ उप–सभापति रामवचन पटेल जसपा प्रवेश गरेका छन् । बिहीबार लक्ष्मनवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उप–सभापति पटेलसहित दर्जनौँ नेता कार्यकताहरु जसपा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव, गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वर यादव, वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादवलगायतले फुलमाला र गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए ।
नेपाली कांग्रेससहितका पार्टी परित्याग गरी नेता कार्यकर्ता जसपामा प्रवेश गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।
यसैबिच, बीरगन्ज फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष बिदुर कलवार र दलित महिला संघ कि अध्यक्ष लिला राम पनि जसपामा प्रवेश गरेका छन् । बिहीबार एक कार्यक्रमका बीच अध्यक्षद्वय जसपा प्रवेश गरेको जनाइएको छ ।
स्थानिय तहको चुनाव नजिकिँदै जाँदा जसपा प्रतिको जनसमर्थन व्यापक हुँदै गएको देखिएको छ । बीरगन्जमा जसपालाई जिताउन स्थानियहरुको सक्रिय सहभागिता छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश